Like us!
Follow us!
Connect us!
Watch us!

३९ प्रतिशतले घट्यो नेशनल हाइड्रोपावरको नाफा, अन्य वित्तिय अवस्था कस्तो ?

अर्थ संसार

आइतबार, १६ माघ २०७८, ०६ : ५३ मा प्रकाशित

३९ प्रतिशतले घट्यो नेशनल हाइड्रोपावरको नाफा, अन्य वित्तिय अवस्था कस्तो ?

नेशनल हाइड्रो पावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । 

कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार दोस्रो त्रैमाससम्ममा ८५ लाख ४९ हजार रुपैयाँ नाफामा छ । यो नाफा गत वर्षको भन्दा ३९.१७% ले थोरै हो । गत वर्षको यसै अवधिसम्ममा कम्पनीले १ करोड ४० लाख ५६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । 

यता, विद्युत् बिक्रीबाट हुने आम्दानी भने १ प्रतिशतले बढेर ५ करोड ५५ लाख १३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ५ करोड ४५ लाख ५ हजार रुपैयाँ नाफा कमाएको थियो । 
 
हाल चुक्ता पुँजी १ अर्ब ३८ करोड ५९ लाख ११ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २६ करोड ८ लाख ६९ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीको रिजर्भको आकारमा भने उछाल आएको छ गत आर्थिक बर्षको यसै अवधीमा कम्पनीको रिजर्भ ऋणात्मक थियो । कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ३७ पैसा र प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ७६ पैसा रहेको छ ।

यस्तो छ कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

61f5e665e9b1f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको