Like us!
Follow us!
Connect us!
Watch us!

चुनावकाे तयारीसँगै सेयर बजारमा सकारात्मक उछाल : ७ मिनेटमै ९६ अंकले बढ्याे नेप्से परिसूचक

नेप्से

आइतबार, १६ माघ २०७८, ११ : ०६ मा प्रकाशित

चुनावकाे तयारीसँगै सेयर बजारमा सकारात्मक उछाल : ७ मिनेटमै ९६ अंकले बढ्याे नेप्से परिसूचक

सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन आगामी जेठभित्र गर्न सरकारलाई सुझाव दिने निर्णय गरेसँगै सेयर बजारमा सकारात्मक उछाल देखिएकाे छ । 

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजार खुलेकाे ७ मिनेटमै नेप्से परिसूचक ९६.७८ अंकले बढेर २८७६.७६ विन्दुमा पुगेकाे छ । नेप्से ३.४८ प्रतिशतले बढेकाे हाे । 

याे समाचार तयार पार्दासम्म १७१ वटा कम्पनीकाे ५ लाख ८० हजार ७ सय १३ कित्ता सेयर खरिदबिक्री हुँदा ३४ कराेड १५ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । 

शनिबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले जेठभित्र चुनाव सम्पन्न गर्न ५ दलीय संयन्त्रमार्फत् सरकारलाई सुझाव दिने निर्णय गरेको थियाे । त्यसैकाे सकारात्मक प्रभाव बजारमा देखिएकाे हाे ।

61f6220197e85.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको