Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से अपडेट : निफ्रासहित ३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

नेप्से

आइतबार, १६ माघ २०७८, १३ : ४१ मा प्रकाशित

नेप्से अपडेट : निफ्रासहित ३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आइतबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र बुद्धभूमी नेपाल हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

निफ्राकाे सेयरमूल्य १० प्रतिशतले बढेर ३ सय ७५ रूपैयाँ १० पैसा पुगेकाे छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ४ सय ७२ रूपैयाँ पुगेकाे छ । त्यस्तै, बुद्धभूमी नेपाल हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ५ सय ६० रूपैयाँ ४० पैसा पुगेकाे छ ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ७९.२१ अंकले बढेर २८५९.१९ विन्दुमा पुगेकाे छ ।

61f64566b3646.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको