Like us!
Follow us!
Connect us!
Watch us!

स्थानीय निर्वाचनको खबरले चम्कियो सेयर बजार, छिट्टै नयाँ रेकर्ड बन्ने प्रक्षेपण

नेप्से

आइतबार, १६ माघ २०७८, १५ : ०२ मा प्रकाशित

स्थानीय निर्वाचनको खबरले चम्कियो सेयर बजार, छिट्टै नयाँ रेकर्ड बन्ने प्रक्षेपण

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजारमा राैनकता देखिएकाे छ । सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन आगामी जेठभित्र गर्न सरकारलाई सुझाव दिने निर्णय गरेसँगै सेयर बजारमा सकारात्मक उछाल देखिएकाे हाे ।

अनुभवी लगानीकर्ता दयाराम खनालले चुनावको खबर बाहिरिएपछि सेयर बजारले छिट्टै नयाँ रेकर्ड बनाउने प्रक्षेपण सजिलै गर्न सकिने बताएका छन् । उनले भने, "चुनाव हुँदाखेरि हुने विभिन्न गतिविधिहरूको माध्यमबाट वित्तीय प्रणालीमा नआएका पैसाहरू सर्वसाधारणसम्म पुग्दछ । सोही पैसा प्रत्यक्ष अप्रत्यक्ष रूपमा फेरि बैंकिङ्ग प्रणालीमै जम्मा हुन्छ । चुनाव हुँदा निर्वाचन दल र तिनका नेताहरुले प्रसस्त मात्रामा पूँजीको परिचालन गर्नेछन् र बजारमा प्रसस्त मात्रामा तरलता थपिनेछ ।  यसो हुँदा बजारमा तरलताको समस्याहरू समाधान भएर जान्छ । जुन कुरा सेयर बजारको लागि अत्यन्तै सकारात्मक हो ।" 

उनले थपे, "विगतका चुनावी वर्षहरूमा पनि नेपाली सेयर बजारको राम्रो ईतिहास रहेको हुनाले अहिले पनि चुनावको खबरले लगानीकर्ताहरू उत्साहित भएका छन् । जुन कुरा आजको बजारले पनि पुष्टि गर्दछ । स्थानिय निर्वाचन सेयर बजारका लागि राम्रो पक्ष भएको हुनाले अब छिट्टै नयाँ रेकर्ड बन्ने प्रक्षेपण सजिलै गर्न सकिन्छ ।"

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर काराेबार मापक नेप्से परिसूचक १०५.५५ अंकले बढेर २८८५.५३ विन्दुमा पुगेकाे छ । नेप्से ३.८० प्रतिशतले बढेकाे हाे । सेन्सेटिभ परिसूचक पनि १९.८१ अंकले बढेर ५३८.५३ विन्दुमा पुगेको छ । 

कूल २३१ वटा कम्पनीकाे एक कराेड २१ लाख ५५ हजार ४ सय ३२ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहकाे सेयर बढेको छ । सबैभन्दा धेरै विकास बैंक उपसमूह बढेकाे छ । 

आइतबार अपि पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २६ कराेड १५ लाख १६ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

आज ५ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, लिबर्टी इनर्जी कम्पनी लिमिटेड, शिव श्री हाइड्राेपावर कम्पनी लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र बुद्धभूमी नेपाल हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । 

निफ्राकाे सेयरमूल्य १० प्रतिशतले बढेर ३ सय ७५ रूपैयाँ १० पैसा पुगेकाे छ । लिबर्टी इनर्जी कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ३ सय ९८ रूपैयाँ २० पैसा पुगेकाे छ । शिव श्री हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ३ सय ७९ रूपैयाँ ५० पैसा पुगेकाे छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ४ सय ७२ रूपैयाँ पुगेकाे छ । त्यस्तै, बुद्धभूमी नेपाल हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ५ सय ६० रूपैयाँ ४० पैसा पुगेकाे छ ।

यस दिन ९.५ प्रतिशत मञ्जुश्री फाइनान्स डिबेञ्चर २०८५ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त डिबेञ्चरकाे मूल्य ३.२३ प्रतिशतले घटेर ९ सय रूपैयाँमा झरेकाे छ । 

आजकाे सेयर तालिका हेर्नुहाेस् :

61f65b151daaf.jpg 61f65b1b3d3ab.jpg 61f65b2181bc4.jpg 61f65b4957c30.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको