Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल माइक्रोफाइनान्सको नाफामा ८३ प्रतिशतकोे उछाल, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

सोमबार, १७ माघ २०७८, ०७ : ५० मा प्रकाशित

नेशनल माइक्रोफाइनान्सको नाफामा ८३ प्रतिशतकोे उछाल, प्रतिसेयर आम्दानी कति ?

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले २४ करोड ६१ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ८३.४३ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले १३ करोड ४१ लाख ६४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ७२.२१ प्रतिशतले बढेर ४४ करोड ४० लाख ६५ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी २५ करोड ७८ लाख ६२ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा पनि ८३.४३ प्रतिशतले बढेर ३९ करोड ६ लाख ४० हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले २१ करोड २९ लाख ५९ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ५८ करोड ७७ लाख ७५ हजार रुपैयाँ र जगेडा कोषमा ५९ करोड ४१ लाख ८३ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ८३ रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ २८ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको