Like us!
Follow us!
Connect us!
Watch us!

फरवार्ड माइक्राेफाइनान्सले आजबाट लाभांश पठाउने, तपाईंकाे खातामा आएन भने के गर्ने ?

अर्थ संसार

आइतबार, ०९ माघ २०७८, ०८ : २५ मा प्रकाशित

फरवार्ड माइक्राेफाइनान्सले आजबाट लाभांश पठाउने, तपाईंकाे खातामा आएन भने के गर्ने ?

फरवार्ड माइक्राेफाइनान्स लघुवित्त लिमिटेडले आजदेखि (माघ ९ गते, आइतबार) आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गर्ने भएकाे छ ।

संस्थाकाे पाैष ३० गते, सम्पन्न भएकाे नवाैँ वार्षिक साधारण सभाले पारित गरेकाे ७ प्रतिशतका दरले नगद लाभांश बुकक्लाेज हुनुभन्दा अघिल्लाे दिनसम्म सेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे हितग्राही खातामा अद्यावधिक भएकाे बैंक खातामा आजदेखि जम्मा गरिने संस्थाले जनाएकाे छ । 

संस्थाले हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने शेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन अनुरोध गरेको छ । धिताे राखेकाे सेयरकाे हकमा भने सम्बन्धित संस्थाबाट No Objection Letter प्राप्त भएपछि मात्र लाभांश पठाइनेछ । 

साथै, साधारण सभाबाट पारित भएकाे ३५ प्रतिशत बाेनस सेयर सूचीकरण भएपश्चात् सम्बन्धित शेयरधनीकाे खातामा जम्मा गरिने पनि कम्पनीले जानकारी दिएकाे छ । 

त्यसैगरी, संस्थाकाे सेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

संस्था​ले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

61ecc0812c23f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको