Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा दोहोरो अंकको गिरावट: जानकार भन्छन् ‘सामान्य करेक्सन मात्र हो, आत्तिनु पर्दैन’

नेप्से

सोमबार, १७ माघ २०७८, १५ : १४ मा प्रकाशित

नेप्सेमा दोहोरो अंकको गिरावट: जानकार भन्छन् ‘सामान्य करेक्सन मात्र हो, आत्तिनु पर्दैन’

साताको दोस्रो कारोबार दिन आज (सोमबार) सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन आगामी जेठभित्र गर्न सरकारलाई सुझाव दिने निर्णय गरेपछि आईतबार सेयर बजारमा एकसय अंकभन्दा माथिको उछाल आएको थियो ।

आज नेप्सेमा आएको आज करेक्सनले बजार थप बलियो बनेको बताउछन् अनुभवी एबं सक्रिय लगानीकर्ता देब कुमार कार्की । "हिजो आईतबार नेप्से एक सय अंक भन्दा बढिले बृद्धि भएको थियो आज पनि नेप्से यदि त्यसरी नै बढेको भए भए झनै जोखिम हुन्थ्यो तर आजको कारोबारमा देखिएको उतारचढावले बजारको सकारात्मकतालाई नै संकेत गर्छ" उने भने । 

उनि थप्छन् "आजको बजारको समग्र कारोबारलाई हेर्ने हो भने बुल र बियरको लडाई देखिन्थ्यो सुरुवातमा राम्रो अंकले बढेको नेप्सेमा पछि एकाएक सेलिङ प्रेसर आउदा नेप्सेमा राम्रै अंकको गिरावट आएको थियो तर अन्तिमसम्म आइपुग्दा नेप्से सम्हालिएर अगाडी बढ्न खोजेजस्तो देखिन्छ यसले आगामी दिनमा नेप्सेमा सकारात्मक माहोल नै रहने संकेत गर्छ छ ।" 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १३.४८ अंकले घटेर २८७०.०५ विन्दुमा पुगेको छ । नेप्से ०.५० प्रतिशतले घटेको हो । सेन्सेटिभ परिसूचक भने ०.३९ अंकले बढेर ५३८.९३ विन्दुमा पुगेको छ । 

कूल २२५ वटा कम्पनीको एक करोड १ लाख ५ हजार ६ सय ६९ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब १४ करोड ४१ लाख ७७ हजार ५९८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

वारेन वफेटको ३ सेकन्डको भिडियोले जीवन परिवर्तन, 'जीवनको हरेक luxury सेयर बजारले दिएको छ' Rajkumar Kc

बजारको रिस्कलाई ध्यान दिनुहोस: नेप्सेको चार्टमा बुलिस मारुबोजु,बजार बढ्ने नै हो त ? | Basanta Pandey

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये इन्भेष्टमेन्ट, माइक्रोफाइनान्स र अन्य उपसमूह बाहेकका सबै वटा उपसमूहको सेयर घटेको छ । सबैभन्दा धेरै फाइनान्स उपसमूह १ं६९ प्रतिशतले घटेको छ । 

सोमबार हाईड्रो इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) को सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५७ करोड १२ लाख ७८ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । राष्ट्र बैंकले एक सूचना प्रकाशन गर्दै माघ ३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार बैंक तथा वित्तीय संस्थाको ऋण असूली ऐन, २०५८ (संशोधनसहित) को दफा ३(घ) बमोजिम हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडलाई उक्त ऐनको व्यवस्था लागू हुने वित्तीय संस्थाको रूपमा तोकेपछि यो कम्पनीमा लगानीकर्ताहरु आकर्षित भएका हुन् ।

आज ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । फरवार्ड लघुवित्त कम्पनी र विन नेपाल लघुवित्त कम्पनी, बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी  लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । 

यस दिन माउन्टेन हाइड्रो नेपाल कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त कम्पनीको सेयर मूल्य ३.४४ प्रतिशतले घटेर ५ सय ६ रूपैयाँमा झरेको छ । 

आजको सेयर तालिका हेर्नुहोस्ः

61f7b1f8ca42a.JPG 61f7b1f8d359d.JPG 61f7b1f91f19f.JPG 61f7b1f927f17.JPG 61f7b1f9490cf.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको