Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको चार्टमा बन्यो 'स्पिनिङ्ग टप', यसले के संकेत गर्दछ ?

बसन्त पाण्डे

सोमबार, १७ माघ २०७८, १५ : ४५ मा प्रकाशित

नेप्सेको चार्टमा बन्यो 'स्पिनिङ्ग टप', यसले के संकेत गर्दछ ?

साताको दोश्रो दिन सोमबार सेयर बजार १३.४८ अंकले घटेर बन्द भएको छ। अस्ति शनिबार सतारुढ दलहरुले २०७९ को जेठ महिनाभित्रमै स्थानीय तहको निर्वाचन गर्न सरकारलाइ सिफारिस गर्ने निर्णय गरेसंगै हिजो आइतबार नेप्सेमा १०५ अंकको वृद्धि सहितको उछाल आएको थियो। त्यो संगै लगानीकर्ताहरुमा अब बजार बढेर यसअघिका उच्च बिन्दुहरुलाई ब्रेक गर्दै माथितिरै जाने भन्ने किसिमको मनोविज्ञानको विकास भएको थियो।  कतिपय ठुला लगानीकर्ता तथा बजार जानकारहरुले पनि बजारले अब छिट्टै यसअघिको ३२२७ को अल टाइम हाइको रेकर्डलाइ ब्रेक गर्न सक्ने विचार व्यक्त गरेका थिए। 

प्राविधिक रुपमा हेर्दा कस्तो देखियो ?

नेप्सेको डेली चार्टमा आज बनेको क्यान्डललाइ 'स्पिनिङ्ग टप' भनिन्छ।  स्पिनिङ्ग टप क्यान्डलले बजारमा खरिद चाप र बिक्रि चाप बराबरीको अनुपातमा रहेको संकेत गर्दछ।  हिजो बुलिश मारुबोजु क्यान्डल बनेर उच्च अंकले बजार बढेसंगै लगानीकर्ताहरुको मनोबल उच्च हुँदै गर्दा आज सुरुमा बजार २९०९ को बिन्दुसम्म पुगेको थियो।  २९०९ को बिन्दुबाट घट्दै बजार २८६० को बिन्दुसम्म झर्यो र अन्त्यमा २८७२ को बिन्दुमा क्लोज भएको छ।  

इन्डिकेटरहरुले के देखाईरहेका छन ?

RSI

नेप्सेको डेली चार्टमा RSI  ५९.२० को लेभलमा छ। हिजो बजार बढेपछि RSI ६० भन्दा माथि पुगेको थियो। बजार २९८३ को बिन्दुबाट घट्दै गर्दा RSI मा बनेको डाउन ट्रेन्ड ब्रेक हुन सकेको छैन। (तल चार्टमा हेर्नुहोस)।  भोलि यदि बजार बढ्छ र RSI को सो डाउन ट्रेन्ड ब्रेक भएर RSI ६० भन्दा माथि बस्न सफल हुन्छ भने बजारको यात्रा माथितिरको हुनसक्ने सम्भावना बढेर जानेछ।

MACD

MACD लाइनले सिग्नल लाइनलाइ माथिबाट तलतिर काटिसकेको अवस्था हो।  यसले त्यति राम्रो संकेत गर्दैन।  तर हिजो र आज MACD का हिस्टोग्रामहरु छोटा छोटा हुँदै गैरहेका छन, जसले सकारात्मक संकेत गर्दछ।  यदि आउने दिनहरुमा फेरी MACD लाइनले सिग्नल लाइनलाई तलबाट माथितिर काटेर माथि माथि नै जान्छ भने नेप्सेको यात्रा माथितिरकै हुने पक्कापक्की हुनेछ।  

DMI

DMI  ले बजारको यात्रा सकारात्मक रहेको देखाएको छ।  +DI लाइनले - DI लाइनलाई तलबाट काटेर माथितिर नै गैरहेको देखिन्छ जसले बजारको अप ट्रेन्ड कायमै रहेको संकेत गर्दछ भने  ADX लाइन ३१.६० को लेभलमा छ, जुन निकै सकारात्मक कुरा हो। 

नेप्से भोलि के होला ?
नेप्सेले माथितिरको यात्रा तय गर्न २९०० को बिन्दुलाई क्रस गर्नुपर्ने हुन्छ।  यदि २९०० को ट्रेन्डलाइन रेसिस्टेन्सलाइ क्रस गरेर बजार माथितिर जान सकेको खण्डमा बजार ३००० माथि नै जानसक्ने सम्भावना प्रबल भएर जानेछ।  त्यस्तै पहिलो सपोर्टको बिन्दु २८६० को बिन्दु हुनेछ।  २८६० को बिन्दुभन्दा पनि बजार तलतिर गयो भने २८२० देखि २७९० को एरियामा बजारले बलियो सपोर्ट लिइ त्यहाँबाट माथितिरको यात्रा तय गर्न सक्ने सम्भावना देखिन्छ।  

61f7b5d0736dd.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको