Like us!
Follow us!
Connect us!
Watch us!

भारतले डिजिटल मुद्रा प्रचलनमा ल्याउने

अर्थ संसार

मंगलबार, १८ माघ २०७८, १४ : ३३ मा प्रकाशित

भारतले डिजिटल मुद्रा प्रचलनमा ल्याउने

भारतको केन्द्रीय बैंक रिर्जभ बैक अफ इन्डियाले सन् २०२२–०२३ मा डिजिटल मुद्रा ल्याउने भएको छ । भारतको माथिल्लो सदन लोक सभामा मंगलबार बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री निर्मला सितारमणले सो जानाकारी दिएकी हुन् ।

‘केन्द्रीय बैंकले ल्याउने डिजिटल मुद्राले डिजिटल अर्थतन्त्रलाई ठूलो टेवा दिनेछ । डिजिटल मुद्रा बढी सस्तो र प्रभावकारी मुद्रा व्यवस्थापन प्रणाली हुनेछ,’ सीतारमणले भनिन् ।

ब्लकचेन र अन्य प्रविधि प्रयोग गरेर डिजिटल मुद्रा ल्याउने भएको उनले बताइन् । डिजिटल मुद्रा प्रणालीले सरकारको ‘डिजिटल इन्डिया’ कार्यक्रमलाई एउटा ठूलो सहयोग मिल्ने जनाइएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको