Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचकसँगै बढ्याे काराेबार रकम, एनएचपीसी काराेबारमा अब्बल

नेप्से

मंगलबार, १८ माघ २०७८, १४ : ५८ मा प्रकाशित

नेप्से परिसूचकसँगै बढ्याे काराेबार रकम, एनएचपीसी काराेबारमा अब्बल

आज (मंगलबार) सेयर बजारमा हरियाली देखिएकाे छ । आइतबार सतक भन्दा बढीले बढेकाे बजारमा हिजाे दाेहाेराे अंककाे गिरावट देखिएकाे थियाे ।आज फेरि बजारले उकालाे यात्रा तय गरेकाे हाे । नेप्से परिसूचक दाेहाेराे अंकले बढ्दा काराेबार रकम पनि हिजाेकाे तुलनामा बढेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १९.२६ अंकले बढेर २८९१.३० विन्दुमा पुगेकाे छ । नेप्से ०.६७ प्रतिशतले बढेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.९८ अंकले बढेर ५४२.९० विन्दुमा पुगेकाे छ । 

कूल २२३ वटा कम्पनीकाे एक कराेड २१ लाख ६७ हजार ६ सय ५ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४ सय १८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ९ वटा उपसमूहकाे सेयर बढेको छ भने बाँकी ४ वटा उपसमूहकाे सेयर घटेकाे छ । सबैभन्दा धेरै हाइड्राेपावर समूह बढेकाे छ ।

मंगलबार नेशनल हाइड्राेपावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ३९ कराेड एक लाख ४१ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ७ सय १८ रूपैयाँ १० पैसा पुगेकाे छ । यस्तै, बुद्धभूमी नेपाल हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेर ६ सय ७८ रूपैयाँ पुगेकाे छ । 

यस दिन नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् । संस्थाकाे सेयरमूल्य ३.१७ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार २ सय २० रूपैयाँमा झरेकाे छ । 

हेराैँ आजकाे सेयर तालिका :

61f8fd23b5fd5.jpg 61f8fd28e159c.jpg 61f8fd2e4f391.jpg 61f8fd327a911.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको