Like us!
Follow us!
Connect us!
Watch us!

अभियान लघुवित्तको नाफा १४ प्रतिशतले बढ्यो, रिजर्भमा १२५ प्रतिशतको छलाङ

अर्थ संसार

मंगलबार, ०२ फागुन २०७९, ०६ : २५ मा प्रकाशित

अभियान लघुवित्तको नाफा १४ प्रतिशतले बढ्यो, रिजर्भमा १२५ प्रतिशतको छलाङ

अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधिसम्ममा संस्थाको मुनाफामा बृद्धि आएको देखिन्छ ।

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले १ करोड ५४ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १४.१९ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले १ करोड ३८ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा भने ७२.३७ प्रतिशतले घटेर ६० लाख ९१ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा २ करोड २० लाख ५१ हजार रूपैयाँ रहेको थियो । त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि १८.९९ प्रतिशतले घटेर ४ करोड ४० लाख ५८ हजार रुपैयाँ पुगेको छ । 

ब्याज आम्दानी र सञ्चालन मुनाफा घट्दा पनि गैर सचालन मुनाफाका कारण कम्पनी नाफामा देखिएको हो । समिक्षा अवधिका संस्थमले १ करोड ७५ लाख रुपैयाँ गैरसञ्चालन मुनाफा कमाएको छ गत बर्ष कम्पनीको यस्तो मुनाफा थिएन । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी २५ करोड रुपैयाँ र जगेडा कोषमा ४ करोड ९७ लाख ६९ हजार रुपैयाँ रहेको छ रिजर्भको आकार गत बर्षको यसै अवधिको तुलनामा १२५ प्रतिशतले बढेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १२ रुपैयाँ ३८ पैसा पुगेको छ भने संस्थाको प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ५१ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको