Like us!
Follow us!
Connect us!
Watch us!

नेटवर्किङ व्यवसायमा संलग्न होटल सञ्चालक पक्राउ

अर्थ संसार

विहीबार, २० माघ २०७८, ०७ : ४९ मा प्रकाशित

नेटवर्किङ व्यवसायमा संलग्न होटल सञ्चालक पक्राउ

दाङमा नेटवर्किङ व्यवसायमा संलग्न तीन जनालाई पक्राउ गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको हो।

ठगी गरेको भन्दै पीडितले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार रु १७ हजार ठगी गरेको भन्दै उजुरी परेपछि रोल्पा घर भई घोराही बस्ने तीन जनालाई पक्राउ गरिएको हो।

तीनै जना होटल सञ्चालक भए पनि उनीहरुको नाम भने गोप्य राखिएको छ।

उनीहरुले दुई महिनामा पैसा दोब्बर हुने भन्दै प्रतिव्यक्ति रु १५ देखि १८ हजारसम्म हाइफर र साफिरलगायतमा लगानी गर्न भनेर अनलाइन नेटिवर्किङबाट अवैध कारोवार गर्दै आएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको