Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा दोहोरो अंककाे करेक्सन : जानकार भन्छन्, "सामान्य प्राेफिट बुकिङ मात्र हाे"

नेप्से

विहीबार, २० माघ २०७८, १४ : ५७ मा प्रकाशित

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । 

लगानीकर्ताहरूले नाफा बुक गर्दा बजारमा सामान्य करेक्सन आएको लगानीकर्ता राेशन सापकाेटाले बताएका छन् । उनले भने, "चुनावकाे मिति ताेकिँदैछ । चुनाव हुने भएपछि सरकारकाे पूँजीगत खर्च बढ्छ । बजारमा ठूला लगानीकर्ताहरू पनि प्रवेश गरिसकेका छन् । जुन कुरा आजकाे उच्च काराेबार रकमले पुष्टि गर्दछ । मुख्य कुरा भनेकाे बजार अझै पनि बुलिस ट्रेन्डमै छ । त्यसैले अहिलेकाे याे गिरावट भनेकाे प्राेफिट बुक हुँदा देखिएकाे सामान्य करेक्सन मात्र हाे ।"

घट्नु र बढ्नु सेयर बजारकाे सामान्य गति हाे । सेयर बजार आफ्नै गतिमा चलिरहन्छ । लगानीकर्ताहरूले राम्राे कम्पनी छनाेट गरी लगानी गर्नुपर्छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १४.५८ अंकले घटेर २८७६.७५ विन्दुमा पुगेकाे छ । नेप्से ०.५० प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक ३.२६ अंकले घटेर ५३९.६४ विन्दुमा झरेकाे छ ।

कूल २२४ वटा कम्पनीकाे एक कराेड ५७ लाख ८० हजार ७ सय १३ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार एक सय ६२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये २ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ११ वटा उपसमूहकाे सेयर घटेकाे छ । हाइड्राेपावर र नन लाइफ इन्स्याेरेन्स बढेकाे हाे ।

त्यसैगरी, बिहीबार काराेबारमा अरूण भ्याली हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेड अब्बल छ । कम्पनीकाे ८२ कराेड ७० लाख ३५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ९ सय ५९ रूपैयाँ २० पैसा पुगेकाे छ । सर्वाधिक मूल्य बढ्ने अन्य कम्पनीहरूमा क्रमश : बुद्धभूमी नेपाल हाइड्राेपावर, साहास उर्जा, अरूण भ्याली हाइड्राेपावर, मैलुङ खाेला जलविद्युत, न्यादी हाइड्राेपावर, तेह्रथुम पावर, सिनर्जी पावर, सामुदायिक लघुवित्त र सिइडिबी हाइड्राेपावर रहेका छन् ।

यस दिन एभरेष्ट इन्स्याेरेन्सकाे संस्थापक सेयरकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे संस्थापक सेयरकाे मूल्य ३.५५ प्रतिशतले घटेर ४ सय ५१ रूपैयाँ ४० पैसा कायम भएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको