Like us!
Follow us!
Connect us!
Watch us!

वनको जग्गा नपाउँदा माथिल्लो कर्णाली जलविद्युत् आयोजना समस्यामा

बुधबार, २१ असार २०७४, १४ : २५ मा प्रकाशित

वनको जग्गा नपाउँदा माथिल्लो कर्णाली जलविद्युत् आयोजना समस्यामा

अर्थ संसार, काठमाडौं–भारतीय लगानीकर्ता कम्पनी जिएमआरले अगाडि बढाउन लागेको माथिल्लो कर्णाली जलविद्युत् आयोजना वनको जग्गा प्राप्तिका कारण लामो समयदेखि उल्झनमा परेको छ ।

वन तथा भूसंरक्षण मन्त्रालयले वन क्षेत्रको जग्गा प्रगोगका सन्दर्भमा  लगाएको नयाँ नियमावलीका कारण आयोजना अगाडि  बढ्न नसकेको हो ।

मुलुकमा प्रत्यक्ष रुपमा वैदेशिक लगानी भित्र्याउने आयोजनाको रुपमा लिइएको माथिल्लो कर्णाली आयोजनाले निजी जग्गा प्राप्तिमा कुनै समस्या नभएपनि सरकारी त्यसमा पनि वन क्षेत्रको जग्गा प्राप्तिमा ठूलो समस्या भोग्नु परेको छ । करिब चार सय हेक्टर वन क्षेत्रको जग्गा प्रयोग गर्नुपर्ने वाध्यता आयोजनाको हकमा रहेको छ ।

सरकारले पिडिएमा गरेको व्यवस्था भन्दा बाहिर गएको वन क्षेत्रको जग्गा दिन कन्जुस्याई गरेको र यो माथिल्लो कर्णालीको हकमा भन्दा पनि सबै जलविद्युत् आयोजनाको हकमा पनि लागू हुने जिएमआरका प्रतिनिधि केके शर्माले जानकारी दिए ।

उनले सरकारले आयोजना निर्माणमा सहयोग गर्नुपर्ने र वन क्षेत्रको जग्गा प्रयोगका सन्दभृमा तत्काल निर्णय गरिदिनुपर्ने धारणा राखे । लगानी बोर्ड नेपाल र जिएमआर कम्पनीले आयोजना गरेको कार्यक्रमका सहभागीले वैदेशिक लगानी भित्र्याउने महत्वपूर्ण आधारको रुपमा रहेको आयोजनालाई अगाडि बढाउन सबैको साथ र सहयोग रहनुपर्ने बताए ।

ऊर्जा संकटकालको प्रावधान विपरित गएर वन मन्त्रालयले जलविद्युत् आयोजनाको हकमा वाध्यकारी व्यवस्था गरेको छ । जुन व्यवस्थाका कारण आयोजना अगाडि बढाउने अवस्था नरहेको बताइन्छ । तर मन्त्रीपरिषदले पारित गरेर लागू गरेको ऊर्जा संकटकालको प्रावधान विपरित किन वन मन्त्रालय गइरहेको छ भन्ने बारेमा भने हालसम्म सो मन्त्रालयले कुनै जानकारी दिएको छैन ।

आयोजनाले निजी जग्गाको मुआब्जा बाड्ने तयार गिरिरहेको छ । त्यसका लागि आयोजना स्थल डाबमा बै.क स्थापना समेत भइसकेको छ । निजी जग्गाको मुआब्जाा बाड्ने कार्य केही समयपछि सुरु हुने जनाइएको छ । तर वन क्षेत्रको जग्गा प्रयोगका सन्दभृमा भने हालसम्म कुनै पनि निर्णय हुन नसक्दा सधै समस्या आइरहेको आयोजनाको भनाइ छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंधकी अध्यक्ष भवानी राणाले माथिल्लो कर्णाली जलविद्युत् आयोजना भारतीय कम्पनीको नभइ नेपालकै आयोजना भएकाले आफ्नो तर्फबाट विशेष सहयोग रहने धारणा राखिन ।

उनले आयोजना अगाडि बढे जलविद्युत् क्षेत्रमा मात्रै नभइ अन्य क्षेत्रमा समेत लगानी बढ्ने र वैदेशिक लगानी भित्रने भएकाले सबैको सहयोगको जरुरी रहेको बताइन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको