Like us!
Follow us!
Connect us!
Watch us!

३७.३३ प्रतिशतले घट्यो सपोर्ट लघुवित्तको नाफा, कस्ता छन् अन्य सूचक ?

अर्थ संसार

शुक्रबार, २१ माघ २०७८, ११ : ३४ मा प्रकाशित

३७.३३ प्रतिशतले घट्यो सपोर्ट लघुवित्तको नाफा, कस्ता छन् अन्य सूचक ?

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाकाे नाफा ९९ लाख ७ हजार रुपैयाँमा सीमित भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ३७.३३ प्रतिशतले थाेरै हाे । गत वर्षको यसै अवधिमा संस्थाले एक करोड ५८ लाख ८ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाकाे खुद व्याज आम्दानी पनि ११.८३ प्रतिशतले घटेर ३ करोड ६४ लाख ५९ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा संस्थाकाे खुद व्याज आम्दानी ४ करोड १३ लाख ५३ हजार रूपैयाँ रहेकाे थियाे ।

दाेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा ३७.३३ प्रतिशतले घटेर एक करोड ५७ लाख २६ हजार रूपैयाँमा सिमित छ । गत वर्ष संस्थाले २ करोड ५० लाख ९२ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ८ करोड ५८ लाख रुपैयाँ र जगेडा कोषमा ४ करोड ५ लाख ७४ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाकाे प्रतिसेयर आम्दानी ( ईपीएस) २३ रुपैयाँ ९ पैसा र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ २९ पैसा रहेकाे छ ।

संस्थाले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

 

61fcc270a6e71.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको