नेप्सेका निवर्तमान प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले आफ्ना कार्यकालमा भएका कामहरुलाई मात्र अगाडी बढाए पनि त्यो सेयर बजारका लागि निकै फलदायी हुने सुझाव नवनियुक्त सीईओलाई दिएका छन् । सरकारले नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदमा कृष्ण बहादुर कार्कीलाई नियुक्त गरेसँगै नवनियुक्त सीईओले प्राथमिकताका साथ गर्नुपर्ने कार्यहरु के-के होलान भन्ने हाम्रो प्रश्नको जवाफ दिँदै साउदले आम लगानीकर्ताहरुले नेप्सेले अहिले चाहीँ केही गर्यो है भन्ने अनुभूति दिलाउने तरिकाले काम गर्ने हो भने यतिबेला प्रसस्त अवसरहरु रहेको बताए।
आफु नेप्सेमा छँदै इन्ट्रा डे ट्रेडिङ्ग र अप्सन ट्रेडिङ्ग को कार्यविधि तयार गरिसकेको र अब त्यसलाई संचालक समितिबाट पारित गराएर कार्यान्वन गर्न सकिने बताउँदै अहिले सेयर बजारमा इन्साइडर ट्रेडिङ्ग नराम्ररी मौलाएको र त्यसलाई नियन्त्रण गर्न कुन प्लेयरले कताबाट कसरी प्ले गरिरहेको छ भन्ने थाहा पाउने संयन्त्र नेप्सेसँग भएको र सो संयन्त्रको प्रयोग गरि इन्साइडार ट्रेडिङ्गलाई नियन्त्रण गर्नुपर्ने उनले बताए ।
त्यस्तै क्लब हाउसमार्फत खुलेआम लगानीकर्ताहरुलाई मिसगाइड गर्ने काम भैरहेको हुँदा त्यतातर्फ पनि नेप्सेको ध्यान जानुपर्ने बताउँदै उनले बजारमा व्यक्तिगत लगानीकर्ताहरु धेरै भएकाले संस्थागत लगानीतर्फ जोड दिन स्टक डिलरको रुपमा काम गर्न चाहने कम्पनीहरुलाई फटाफट लाइसेन्स दिनुपर्ने बताए।
लगानीकर्ताहरुको संख्या व्यापक रुपमा बढेको बर्तमान अवस्थामा प्रभावकारी र गुणस्तरीय सेवा प्रवाह गर्न अहिले बजारमा विद्यमान ब्रोकरहरुको संख्या अपुग रहेको हुँदा बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइन्सेन्स दिने कुरामा लगभग सबै काम भैसकेको र अब यसलाई अघि बढाउने काम नवनियुक्त सीईओको लागि एउटा चुनौतिको रुपमा रहने आंकलन आफुले गरेको बताउंदै साउदले नेप्सेमा कर्मचारी व्यवस्थापनको कुरा पनि चुनौतिपूर्ण नै रहेको बताए । नेप्सेका कर्मचारीहरुको तलब, सेवा, सुविधा निकै न्युन रहेको र कुनै सक्सेसन प्लान पनि नरहेकाले कर्मचारी वर्ग उत्प्रेरित भएर काम गर्ने वातावरण नरहेको पनि साउदले बताएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस