Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा ईलेक्ट्रिक गाडी ओरा गुड क्याटको रोड टेस्ट सम्पन्न

अर्थ संसार

शुक्रबार, २१ माघ २०७८, १३ : ४० मा प्रकाशित

नेपालमा ईलेक्ट्रिक गाडी ओरा गुड क्याटको रोड टेस्ट सम्पन्न

ग्रेट वाल मोटर नेपालले ईलेक्ट्रिक गाडी ओरा गुड क्याटको रोड टेस्ट सफलतापूर्वक सम्पन्न गरी नेपाली बजारमा आधिकारिक रुपमा सार्वजनिक गर्न तयार भएको छ ।  

ओरा गुड क्याटले रोड परीक्षणमा विभिन्न भू–भाग र सडकको अवस्थाहरुमा सराहनीय प्रदर्शन गरेको छ । ओरालो वा उकालो, कालोपत्रे राजमार्ग होस् वा ग्राभेल भरिएको अप्ठ्यारो बाटो, यो गाडीले सबैतिर उत्तिकै उत्कृष्ट प्रदर्शन गरेको छ । जुन बाटोमा यही सेग्मेन्टका गाडीहरु चलाउन गाह्रो हन्थ्यो, त्यहाँ ओराले ब्याट्रीको स्तर घट्ने तनाब र बिना चालकको सीटमा बसेका व्यक्तिहरुलाई सहज सवारीको अनुभव प्रदान गराएको छ ।

सबै बाटोमा ओरा गुड क्याटको सुन्दर बनावटले सजिलै मानिसहरुको ध्यान आफू तर्फ तान्यो । अत्याधुनिक प्रविधि र वातावरणीय चेतनाको सन्दर्भमा ग्रेट वाल मोटरलाई अगाडी बढाउन यो पक्ष सबैभन्दा महत्वपूर्ण हुन सक्छ ।

ओरा गुड क्याट सहर, राजमार्ग र अप्ठ्यारो भू–भागमा पनि ड्राइभिङका लागि उपयुक्त रहेको छ र लामो ड्राइभिङ अनुभव पछि विश्वसनयिता र योग्य कन्फिगरेसनको साथ आफूलाई उत्कृष्ट सावित गरेको छ । यो आफ्नो फेसनेवल उपस्थितिको कारण बाटोमा जोसुकैलाई पनि यस गाडी प्रति जिज्ञासु बनाउन सफल भएको छ । यस गाडीले शहरमा ड्राइभिङ गर्दा सहज प्रणाली मार्फत सहयोग गर्दछ र राजमार्गमा आवश्यकता अनुसार धेरै छिटो प्रतिक्रिया देखाउँछ ।

ओरा गुड क्याट :

ओरा गुड क्याट जर्मनी, अस्ट्रिया, संयुक्त राज्य अमेरिका, जापान र दक्षिण कोरियाका विज्ञहरु सहित विश्वव्यापी टोलीहरुद्धारा राम्रोसँग डिजाइन र विकास गरिएको हो । यसले रेट्रो फ्युचरिस्टिक डिजाइन र स्मार्ट ड्राइभिङ प्रविधिहरुलाई पूर्ण रुपमा एकिकृत गर्दछ । 

ग्रेट वाल मोटर थाईल्याण्डले मात्रै प्रि–सेल भएको ४८ घण्टाभित्र ओरा गुड क्याटको लागि ६००० भन्दा बढी अर्डरहरु प्राप्त गरेको छ । त्यसकारण ग्रेट वाल मोटर नेपाले नेपालमा राम्रोसँग रुचाइने र ग्राहकहरुको आवश्यकता अनुसारको हुने विश्वास राखेका छ ।

ग्रेट वाल मोटर नेपाल विश्वस्त छ की ओरा गुड क्याटले नेपालमा सार्वजनिक भएसँगै नेपाली ईलेक्ट्रिक भेईकल ईण्डस्ट्रीमा नयाँ दायरा, प्रदर्शन र युवापनमा नयाँ बेन्चमार्क बनाउनेछ । 

यसका साथै, ओरा गुड क्याटपछि ग्रेट वाल मोटर नेपालले २०२२ भित्र ओरा अन्तर्गत थप दुई ईलेक्ट्रिक गाडीका भेरियन्टहरु लन्च गर्ने योजना बनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको