Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेका नवनियुक्त सीईओसँग यी हुन् लगानीकर्ताका अपेक्षा, के गर्दा होला सेयर बजारको विकास ?

अर्थ संसार

शुक्रबार, २१ माघ २०७८, १५ : ५५ मा प्रकाशित

नेप्सेका नवनियुक्त सीईओसँग यी हुन् लगानीकर्ताका अपेक्षा, के गर्दा होला सेयर बजारको विकास ?

लामो समयदेखि रिक्त रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) को पदमा सरकारले कृष्ण बहादुर कार्कीलाइ नियुक्त गरेको छ। धितोपत्र बोर्ड र नेप्से प्रमुखको कुर्सी लामो समयदेखि खाली हुँदा त्यसले यी निकायहरुका नियमित कामकारबाही प्रभावकारी ढंगले हुन नसकेको भन्दै लगानीकर्ताहरुले यथासिघ्र यी नियुक्तिहरुको लागि सरकारसँग माग गरिरहेका थिए। 

नेप्सेका प्रमुख कार्यकारी अधिकृतको नियुक्ति सँगै नवनियुक्त सीईओसँग आम लगानीकर्ताहरुको के अपेक्षा रहेको छ भन्ने विषयमा हामीले बजारका चर्चित तथा अनुभवी अगुवा लगानीकर्ताहरुसँग कुराकानी गरेका छौं।  

तुलसी राम ढकाल, अध्यक्ष, नेपाल इन्भेस्टर्स फोरम 

नेपाल इन्भेस्टर्स फोरमका  अध्यक्ष तुलसी राम ढकालले नेप्सेको TMS प्रणालीमा बेला बेलामा आइरहने समस्यालाइ समाधान गरियोस भन्ने लगानीकर्ताहरुको मुख्य अपेक्षा रहेको बताएका छन। अलिकति ठुलो परिणाममा कारोबार हुँदा TMS नचल्ने, ह्याङ्ग हुने जस्ता समस्याहरु आइरहको बताउँदै उनले आगामी दिनमा नेप्सेमा ५० औं अर्बको कारोबार पनि हुन सक्ने र त्यो लेभलको कारोबार हुन सक्ने प्रणालीको रुपमा TMS लाइ विकास गर्नुपर्ने धारणा राख्दै उनले बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया रोकिनु लगानीकर्ताहरुको दुर्भाग्य भएको र नवनियुक्त सीईओले यो विषयमा पहल गर्नुपर्ने विचार व्यक्त गरे।   

केशव कोइराला (काका), सक्रिय लगानीकर्ता 

सेयर बजारका अगुवा लगानीकर्ता केशव कोइराला (काका) ले यतिबेला नेप्सेका सीईओसँग लगानीकर्ताहरुको धेरै अपेक्षा रहेको बताएका छन। 'TMS राम्ररी चल्न नसकेर राम्ररी कारोबार गर्न नपाईरहेको अवस्था छ; इन्साइडर ट्रेडिङ्ग, सर्कुलर ट्रेडिङ्ग व्यापक मात्रामा भैरहेको छ।  TMS स्मुथ रुपमा चल्ने हुनुपर्यो, हाम्रो माग त TMS लाइ पूर्ण रुपमा स्वचालित बनाइनुपर्छ भन्ने हो।' उनले भने।  TMS को सफ्टवेयर निर्माण गरेको कम्पनि वाइकोसँगको मिलेमतोमा केहि ठुला लगानीकर्ताहरुले शर्ट सेलिङ्ग गरिरहेको प्रति आपत्ति जनाउँदै कोइरालाले यसबारेमा छानबिन गर्न माग गरे। 'बजारमा कारोबार हुँदै गर्दा महत्वपूर्ण जानकारीहरु केहि ठुला लगानीकर्ताहरु कहाँ जाने गरेको छ, यसबारेमा छानबिन गर्दै संलग्नमाथि कारबाही हुनुपर्ने हाम्रो माग रहेको छ।' उनले भने।  

दिपेन्द्र अग्रवाल, ठूला लगानीकर्ता

सेयर बजारका अर्का चर्चित लगानीकर्ता दिपेन्द्र अग्रवालले सुधार गर्नुपर्ने थुप्रै कुराहरु रहेको बताउँदै खुलेआम इन्साइडर ट्रेडिङ्ग हुँदा पनि मुकदर्शक बनेर बस्नु नेप्सेको सबैभन्दा ठूलो कमजोरी रहेको बताउँदै अब नयाँ नेतृत्व आइसकेपछि सुशाशन कायम नगर्ने कम्पनीहरुलाई कारबाही गर्ने अपेक्षा आफुले राखेको बताएका छन।  अहिले इन्ट्रा डे ट्रेडिङ्गको कुरा राम्रै भए पनि पुट अप्सन र कल अप्सन (डेरिभेटिभ ) मार्केट संचालन गर्न  लगानीकर्ताहरु तयार भैनसकेको बताए।  हाम्रो पूर्वाधार र लगानीको दायरा अनि लगानीकर्ताहरुको वित्तिय चेतना अहिले फ्युचर मार्केट चलाउन लायकको भैनसकेको बताउँदै अग्रवालले बुक बिल्डिंग मेथड बाट आइपीओ जारी गर्नु पनि साधारण लगानीकर्ताहरुको लागि घातक हुने बताए।  


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको