Like us!
Follow us!
Connect us!
Watch us!

सर्वाेत्तम सिमेन्ट तथा सर्वाेत्तम स्टीलका ठेकेदारहरुलाई ७ लाखको दुर्घटना बीमा

अर्थ संसार

शुक्रबार, २१ माघ २०७८, १५ : ५८ मा प्रकाशित

सर्वाेत्तम सिमेन्ट तथा सर्वाेत्तम स्टीलका ठेकेदारहरुलाई ७ लाखको दुर्घटना बीमा

सौरभ ग्रुप अन्तर्गतको चिरपरिचित नाम सर्वोत्तम समेन्ट लिमिटेड तथा सर्वाेत्तम स्टील लिमिटेडले विशेष आफ्ना ठेकेदार दाजुभाईहरुलाई लक्षित गर्दै एक प्राविधिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम मार्फत कम्पनीले “सर्वाेत्तमको न्यानो सौगात” नामक योजनाको समेत सुरुवात गरेको छ ।  कम्पनीका भाइस–प्रेसिडेन्ट् सुवास पाण्डेका अनुसार यस योजना अन्तर्गत अब ठेकेदारहरुले आफ्नाे साइट रजिष्टर गराए बापत सर्वाेत्तम स्टीलको तर्फबाट ट्रयाक–सुट उपहार तथा सार्वाेत्तम सिमेन्टको तर्फबाट ट्रयाक–सुटका साथै कुनैपनि किसिमका दुर्घटना विरुद्ध ७ लाख रूपैयाँको बीमाको सुविधा पाउनेछन् । हाललाई काठमाडौं, ललितपुर र भक्तपुरका १००० ठेकेदारहरुका लाागि बीमा सुविधा प्रदान गराउने लक्ष्य कम्पनीले लिएको छ । यसरी आफ्नाे साइट रजिष्टर गराई योजनाको फाइदा लिन ९८०२३२०६०१ मा सम्पर्क गर्न सकिनेछ ।

यसका साथै, सोही कार्यक्रममा कम्पनीका प्रोजेक्ट हेड ई. अभिषेक झा द्वारा घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोग प्राविधिक रुपमा कसरी गर्दा भुकम्प प्रतिरोधात्मक हुन्छ र सिमेन्टको प्रयोग प्राविधक रुपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत पनि कम हुन जान्छ भन्ने बारेमा जानकारी तथा तालिम समेत प्रदान गराइएको थियो । 

सर्वाेत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भि.आर.एम. प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग हो । आइ.एस.ओ. ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ४३ ग्रेड र ५३ ग्रेडमा ग्रिन सर्वाेत्तम ओ.पि.सि र सौरभ ग्रिन पि.पि.सि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्री वितरण गरिरहेको छ । यसरी ओ.पि.सि. ४३ र ५३ ग्रेड का साथै पि.पि.सि. सिमेन्टको पनि उत्पादन तथा बिक्री वितरण गर्ने यो एक मात्र सिमेन्ट कम्पनी हो । यस उद्योगद्वारा उत्पादित सिमेन्टको मसिनोपन प्रतिग्राम ४५०० से.मि.२ सम्म रहेको छ । यति मात्र नभई आफ्नै इस्टिम इन्जिनबाट विद्युत उत्पादन गरी सिमेन्टको गुणस्तरमा एक रुपता प्रदान गर्न कम्पनीले नेपालमै पहिलो पटक एक्स–रे डिफ्राक्सन मेशिनको प्रयोग गर्दै आएको छ । आफ्नो स्थापनाको केही समयमा नै उत्कृष्ट उत्पादन तथा गुणस्तर पस्कँदै धेरैभन्दा धेरै सिमेन्ट उपभोक्ताको विश्वास जित्न सफल सर्वाेत्तम सिमेन्टको उद्योेगको उत्पादन क्षमता ७०,००० बोरा रहेको छ । साथै, देशका महत्वपूर्ण आधारस्तम्भहरु अनि ठूला–ठूला परियोजनाहरु तथा गौरवशाली आयोजनाहरु लगायत विशाल पूल, बाँध, हाइड्रोपावर, धावनमार्ग देखि हाउजिङ्ग कम्पनीहरुमा समेत सर्वाेत्तम सिमेन्ट पहिलो रोजाइमा पर्दै उपयोग हुँदै आएको छ ।

यसैगरी, सर्वाेत्तम स्टील Fe500 फलामे डण्डी नयाँ जमानाको यस्तो फलामे डण्डी हो जसले सर्वाेत्तम लचकता तथा मजबूतीलाई एकसमान रुपमा प्रस्तुत गरेको छ । यो फलामे डण्डी आफ्नाे डायमण्ड रिबका कारण अन्य फलामे डण्डी भन्दा निकै फरक छ । यस किसिमको अतुलनीय विशेषता यस फलामे डण्डीले नेपालमै पहिलो पटक प्रस्तुत गरेको छ । आफ्नाे यही अद्भुत डायमण्ड रिबका कारण यसले अन्य फलामे डण्डीको तुलनामा कंक्रिटसँग ६०% बढी पकड शक्ति प्रदान गर्छ । नेपालमा उपलब्ध Fe500 ग्रेडका फलामे डण्डीहरुको गुणस्तरलाई एक नयाँ आयाम दिने यात्रा प्रारम्भ गर्दै यो फलामे डण्डी अहिले नेपालभर बिक्री वितरण भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको