Like us!
Follow us!
Connect us!
Watch us!

अर्को वर्षदेखि आकर्षक लाभांश दिनेछौँ : सीईओ,जाल्पा सामुदायिक लघुवित्त

अर्थ संसार टक

शनिबार, २२ माघ २०७८, १० : ३२ मा प्रकाशित

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत बीमला योगीले संस्थाको साधारण सेयर (आईपीओ) मा ढुक्क भएर लगानी गर्न सर्वसाधारणलाई आग्रह गरेकी छिन् ।

अर्थ संसारको साप्ताहिक कार्यक्रम अर्थ संसार टकसँगको कुराकानीमा उनले भनिन्, "हामी पहिलो पटक आईपीओमा आउँदैछौँ । संस्थाको संस्थापक शेयरधनीहरूले ६५ सालदेखि पर्खेर बस्नु भएको छ । आईपीओ निष्कासनको पहिलो वर्षमै लाभांश वितरण गर्न हाम्रो संस्था अब्बल छ । पहिलो वर्ष ५४ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण गरेका छौँ ।"

आईपीओ लगत्तै यो आर्थिक वर्षको साधारण सभा चैत्र मसान्तसम्ममा सम्पन्न गरिने पनि उनले बताइन् । चैत्र मसान्त पछाडि नेपाल राष्ट्र बैंकले अनुमति दिएमा तत्कालै लाभांश वितरण गर्ने योजना रहेको उनी बताउँछिन् । चालु आर्थिक वर्षको लाभांश वितरण गर्न पूर्ण रूपमा सबै तयारी गरिसकेको उनले बताएकी छिन् । 

जाल्पा सामुदायिक लघुवित्तमा ५० प्रतिशत भन्दा धेरै महिला दिदीबहिनीको बचत रहेको र संस्थाले स्थानिय श्रोत जुटाउन सफल भएकोमा उनले खुसी व्यक्त गरेकी छिन् । संस्थाको वित्तीय सूचकांकहरू पनि हरेक वर्ष प्रगतिउन्मुख अवस्थामा अगाडि बढिरहेका र संस्थामा सामाजिक रकम बचत भएको हुनाले आईपीओमा लगानी गर्नेलाई यो एउटा बलियो आधार हुने उनले बताइन् ।  संस्थाको आईपीओमा लगानी गर्नेहरूलाई सामाजिक रूपमा विपन्न परिवारलाई सहयोग गर्ने श्रेय पनि जाने उनको भनाई छ । 

कुराकानी कै क्रममा लघुवित्तहरूले कर्मचारीको श्रम श्रोषण गरेर धेरै नाफा कमाउन नहुने उनले बताइन् । लघुवित्तहरूले सामाजिक उतरदायित्तवमा खर्च गर्न नचाहेका हुनाले यस्ता संस्थाहरूको नाफा धेरै रहेको उनको तर्क छ । लघुवित्तहरू नाफामुखी भन्दा पनि सेवामुखी हुनुपर्ने उनको धारणा रहेको छ । 

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले हिजाे माघ २१ गते, शुक्रबारदेखि सर्वसाधारणहरुका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये चुक्ता पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएकाे छ । बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणहरूले आवेदन दिन सक्नेछन् ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २२० कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

 त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै, मेराे सेयरबाट पनि आईपीओ भर्न सकिन्छ ।

संस्थाकाे साधारण सेयर (आईपीओ) मा पहिलाे दिनमै मागभन्दा धेरै आवेदन परिसकेकाे छ । शुक्रबार दिउँसाे २:४५ बजेसम्ममा ३ लाख ५५ हजार ५६९ जना आवेदकहरूले ४३ लाख ९८ हजार ३६० कित्ताका लागि आवेदन दिएका छन् । यो आवेदनकाे संख्या सर्वसाधारणका लागि खुल्ला गरिएकाे भन्दा ९.०१ गुणा बढी हो । 

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत बीमला योगीसँगकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको