Like us!
Follow us!
Connect us!
Watch us!

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ पर्यो की परेन ? रिजल्ट अब हेर्न सकिने

अर्थ संसार

आइतबार, ०१ फागुन २०७८, १७ : ५९ मा प्रकाशित

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ पर्यो की परेन ? रिजल्ट अब हेर्न सकिने

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ रिजल्ट अब हेर्न सकिने भएकाे छ । अहिले निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलकाे वेभसाइटमा रहेकाे https://www.prabhucapital.com/share-allotment यस लिङ्कबाट रिजल्ट हेर्न सकिनेछ ।

केही समयपछि भने सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे  (https://iporesult.cdsc.com.np/) नामक वेभसाइटबाट पनि हेर्न सकिन्छ ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २१ गते, शुक्रबारदेखि माघ २५ गते, मंगलबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (फागुन १ गते, आइतबार) सम्पन्न भएकाे छ । उक्त आईपीओकाे बाँडफाँड टाइम्स स्क्वायर रेष्टुरेन्ट, बालुवाटार, काठमाडाैँमा सम्पन्न भएकाे हाे ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । संस्थाकाे आईपीओमा परेकाे आवेदनले नयाँ रेकर्ड कायम गरेकाे थियाे । अन्तिम दिनसम्ममा २७ लाख ९ हजार ८ सय ५५ जनाले आवेदन दिएका थिए । जसमध्ये, २५ लाख ८७ हजार ४ सय १२ जना याेग्य थिए । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ४८ हजार ७ सय ९० जनाले सेयर हात पारेका छन् । बाँकीको भने हात खाली भएकाे छ । 

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । जसमध्ये चुक्ता पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएकाे छ । बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणहरूले आवेदन दिन पाउँथे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको