Like us!
Follow us!
Connect us!
Watch us!

२ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ संसार

आइतबार, २३ माघ २०७८, ०६ : ४७ मा प्रकाशित

२ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

विभिन्न २ वटा कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज (माघ २३ गते, आइतबार) अन्तिम दिन रहेकाे छ । जानकी फाइनान्स कम्पनी लिमिटेड र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हाे ।

दुवै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि माघ २४ गतेदेखि बुकक्लाेज गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

जानकी फाइनान्स कम्पनी लिमिटेडकाे २५औँ वार्षिक साधारण सभा फागुन ७ गते, होटल मानकी इन्टरनेशनल, शिवचौक, जनकपुरधाममा बिहान १० बजेदेखि सुरू हुनेछ । सभामा फाइनान्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

त्यसैगरी,  लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको वार्षिक साधारण सभा  फागुन ११ गते एलआइसी शिक्षालय हल, नक्साल काठमाडौंमा बिहान ११ः१५ बजे सुरु हुनेछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको