पछिल्लो केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आइतबारदेखि सुधार हुने भएको छ ।
देशभर आइतबार आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । प्रदेश नं १ र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।
सोमवार प्रदेश नं १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य प्रदेशमा मौसम सामान्यतया सफा रही देशका मध्य तथा पश्चिमी भू–भागका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकोे छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्री र अधिकतम तापक्रम १३ दशमलव शून्य डिग्री सेल्सियस छ ।
त्यस्तै, आइतबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस तीन दशमलव तीन डिग्री र सबैभन्दा धेरै डोटीको दिपायलको अधिकतम तापक्रम १९ दशमलव तीन डिग्री सेल्सियस छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस