Like us!
Follow us!
Connect us!
Watch us!

दुई करोड लगानीमा अन्तर्राष्ट्रिय चेन सलुन 'हेयर एण्ड शान्ति' को नयाँ शाखा दरबारमार्गमा सुरु

अर्थ संसार

आइतबार, २३ माघ २०७८, १६ : २८ मा प्रकाशित

दुई करोड लगानीमा अन्तर्राष्ट्रिय चेन सलुन 'हेयर एण्ड शान्ति' को नयाँ शाखा दरबारमार्गमा सुरु

अन्तर्राष्ट्रिय चेन सलुन 'हेयर एण्ड शान्ति युनिसेक्स सलुन' को २७ औं शाखा काठमाडौँको दरबारमार्गस्थित दरबार मलको पहिलो तल्लामा सुरु भएको छ । 

सलुनको नेपाल उद्योग वाणिज्य संघको पुर्व अध्यक्ष भवानी राणा र कलाकार किरण केसी (राता मकै) ले उद्घाटन गरेका छन् ।

नेपालको १० औं शाखा रहेको युनिसेक्स सलुनमा हेयर कट, हेयर कलर, नेल आर्ट, आइलेसिस एक्स्टेन्सन, मेक अप, मेनिकेयर,पेडिकेयर लगायतको सेवा उपलब्ध भएको सन्चालक सरु थापाले बताइन् ।

सलुनको नयाँ शाखा १४ सय बर्गफिट फराकिलो रहेको छ । आरामदायी सेवा दिने उद्देश्यले अत्याधुनिक प्रबिधि सुरु गरिएको सलुनमा मेनिकेयर, पेडिकेयर, हेयर वास मसाज चियरमा गरिने थापाले बताइन् ।

व्यवसायीहरु सरु थापा, दुर्गा प्रसाद सुवेदी, रोशन श्रेष्ठ, अनुजा श्रेष्ठले दुई करोड लगानीमा सलुन सुरु गरेका हुन् । ग्राहकको छाला र कपालको संवेदनशिलतामा ख्याल गर्दै विश्व बिख्यात सौर्न्दर्य प्रसाधनको प्रयोग गरिने सञ्चालककाे दावी छ ।

२२ बर्ष अगाडी चितवनकि शान्ति श्रेष्ठले भारतमा हेयर एण्ड शान्ति युनिसेक्स सलुनको सुरुवात गरेकी हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको