Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकद्वारा कल सेन्टर सेवा सुरुवात

अर्थ संसार

आइतबार, २३ माघ २०७८, १७ : २५ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा कल सेन्टर सेवा सुरुवात

सिटिजन्स बैंकले डिजिटल बैंकिङ्गको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दै आज माघ २३ गतेदेखि आफ्नै नयाँ Citizens Support Centre (कल सेन्टर) सेवा सञ्चालनमा ल्याएको छ ।

अब बैंकका ग्राहकहरुले बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन गर्न सक्नेछन् । ग्राहकहरूले 01-5970068 नम्बरमा फोन गरी तथा [email protected] मा ईमेल गरी कल सेन्टरको सुबिधा प्राप्त गर्न सक्नुहुनेछ । कल सेन्टरको प्रयोगले ग्राहकहरुलाई सहज ढंगले बैंकिङ्ग सेवा र सूचना प्राप्त गर्न सहयोग पुग्नेछ । हालका लागी यो सेवा आठ घण्टाको लागी आरम्भ गरिएको छ । क्रमशस् सेवाको समयावधि पनि थप्दै लगिने योजना रहेको छ । 

सिटिजन्स बैंकले नगदरहित बैंकिङ्ग (Cashless Banking),व्यत्तिको उपस्थित बिनाको बैंकिङ्ग (Manless Banking) ,प्रणालीको स्व सञ्चालन (Process Automation) तर्फ अफूलाई अग्रगामी बनाउँदै लगेको कुरा सो कार्यक्रममा उपस्थित बैंकका व्यवस्थापकहरुलाई प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बताए । अबको बैंकिङ्ग ग्राहकहरुलाई सरल , सुलभ, सुरक्षित, सहज बनाउदै प्रविधिको अत्याधिक प्रयोग गर्ने गरी काम अघि बढाउन उपस्थित व्यवस्थापकहरुलाई पोखरेलले अनुरोध गरे।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४  वटा शाखा,  १२३  वटा ए.टि.एम. र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १३ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको