Like us!
Follow us!
Connect us!
Watch us!

जनरल इन्स्योरेन्सको नाफा ५६.२० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

सोमबार, २४ माघ २०७८, ११ : ४१ मा प्रकाशित

जनरल इन्स्योरेन्सको नाफा ५६.२० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको ०७८/०७९ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा ५६.२० प्रतिशतले बढेर ५ करोड ६८ लाख ८५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ६४ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

पुष मसान्तसम्म कम्पनीको बीमा शुल्क पनि १२.७५ प्रतिशतले बढेर १३ करोड ५० लाख ७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीकाे बीमा शुल्क ११ करोड ९७ लाख ३७ हजार रुपैयाँ रहेको थियो ।

हाल कम्पनीकाे चुक्ता पुँजी एक अर्ब रुपैयाँ र जगेडा काेषमा १३ कराेड ३ लाख रूपैयाँ सञ्चित रहेको छ । कम्पनीकाे बीमा काेषमा १४ कराेड ९२ लाख रूपैयाँ रहेकाे छ ।

त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ३८ पैसा र कम्पनीकाे प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ १८ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको