Like us!
Follow us!
Connect us!
Watch us!

लगानीको नयाँ अवसर : राष्ट्र उत्थान लघुवित्तको आईपीओ फागुन ४ गतेदेखि खुल्ने, कति दिने आवेदन ?

अर्थ संसार

मंगलबार, २५ माघ २०७८, ०७ : ३५ मा प्रकाशित

लगानीको नयाँ अवसर : राष्ट्र उत्थान लघुवित्तको आईपीओ फागुन ४ गतेदेखि खुल्ने, कति दिने आवेदन ?

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ४ गते, बुधबारबाट साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएकाे छ ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेकाे हाे । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ७ लाख ९४ हजार ५ सय कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

कति दिने आवेदन ?

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले छिटाेमा फागुन ८ गतेदेखि ढीलाेमा फागुन १८ गतेसम्म आवेदन दिन सक्नेछन् । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

काे हाे बिक्री प्रबन्धक ?

संस्थाकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

रेटिङ्ग कति ?

संस्थाको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले याे कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

 वित्तीय विवरण

राष्ट्र उत्थान लघुवित्तले आ.ब.२०७८/०७९ को दोस्रो त्रैमाससम्ममा गत आ.ब.को. सोही अवधिको तुलनामा आकर्षकप्रगति हासिल गरेको छ । जस अनुसार खुदमुनाफमा १४८ प्रतिशत, रिजर्भमा७९ प्रतिशत, कर्जा लगानीमा ६४ प्रतिशत, खुद व्याज आम्दानीमा ५७ प्रतिशत लगायत अधिकांस सूचकहरुमा प्रगति हासिल गरेको छ  ।

 खराबकर्जा करिब ५९ प्रतिशत घट्न गई जम्मा खराबकर्जा १.०३ प्रतिशतमासिमित राख्न संस्था सफलभएको छ जुन लघुवित्त वित्तीय संस्थाहरु मध्येकै कम हो । वित्तीय संस्थाले हालसम्मको संचितमूनाफा र चालु आ.ब.को बाँकी ६ महिनामा आर्जन गर्ने मूनाफाबाट आगामी बर्ष सेयरधनीहरुलाई करिब ५० प्रतिशत भन्दा बढी लाभांस सजिलै बाड्न सक्ने देखिन्छ ।

साथै,प्रकाशित आब्हानपत्र बमोजिम वित्तीय संस्थाको आ.ब.०७८/०७९ मा खुद मुनाफा करिब ८ करोड ५ लाख, आ.ब. ०७९/०८० मा रु. १९ करोड ७३ लाख र आ.ब. ०८०/०८१ मा रु २७ करोड ५ लाख हुने र सोहि अवधिमाप्रति सेयर आम्दानी क्रमशः  ३०.९८,  ७५.९० र रु. १०४.०४ हुने प्रक्षेपण गरेकोले भविष्यमा लगानीकर्ताहरुलाई राम्रो प्रतिफलदिन सक्ने देखिएको हुंदा ढुक्क भएर क्ष्एइ मा लगानी गर्न सकिने देखिन्छ ।
 

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6201ce044969f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको