Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र उत्थान लघुवित्तको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

अर्थ संसार

मंगलबार, १७ फागुन २०७८, १२ : ०६ मा प्रकाशित

राष्ट्र उत्थान लघुवित्तको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ४ गते बुधबारबाट फागुन ८ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड फागुन १२ गते, बिहीबार  सम्पन्न भइसकेकाे छ ।

संस्थाकाे आईपीओ बाँडफाँड भएपछि आईपीओ पर्ने लगानीकर्ताहरूलाई कम्पनीकाे आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासाेकाे विषय बनेकाे छ । त्यसैले यहाँ हामी साेही विषयमा कुरा गर्नेछाैँ ।

नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम एक सय ६७ रूपैयाँ ४३ पैसादेखि अधिकतम ५ सय २ रुपैयाँ २९ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

संस्थाकाे आर्थिक वर्ष २०७७/७८ को  प्रतिसेयर नेटवर्थ एक सय ६७ रूपैयाँ ४३ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ५ सय २ रुपैयाँ २९ पैसा हुन्छ ।

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ७ लाख ९४ हजार ५ सय कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । अन्तिम दिनसम्ममा २५ लाख ८५ हजार २ सय ६१ जनाले आवेदन दिएका थिए । जसमध्ये, ५ हजार ८ सय ५९ जनाकाे रद्द थिए । २५ लाख ७९ हजार ४ सय २ जना याेग्य थिए । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ७९ हजार ४ सय ५० जनाले १० कित्ता सेयर प्राप्त गरेका थिए । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको