Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र उत्थान लघुवित्तकाे आईपीओ बाँडफाँडकाे मिति तय, २५ लाख बढीकाे हात खाली हुने

अर्थ संसार

बुधबार, ११ फागुन २०७८, १३ : ४४ मा प्रकाशित

राष्ट्र उत्थान लघुवित्तकाे आईपीओ बाँडफाँडकाे मिति तय, २५ लाख बढीकाे हात खाली हुने

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ४ गते बुधबारबाट फागुन ८ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड भाेलि (फागुन १२ गते, बिहीबार) हुने भएकाे छ ।

निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडका अनुसार उक्त आईपीओकाे बाँडफाँड भाेलि दिउँसाे ३ बजेपछि क्यापिटलकाे कार्यालय, लाजिम्पाट, काठमाडाैँमा हुने भएकाे छ । 

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेकाे हाे । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ७ लाख ९४ हजार ५ सय कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । 

संस्थाकाे आईपीओमा अन्तिम दिनसम्म २६ लाख ३४ हजार ६ सय २६ जना आवेदकले ३ करोड ५ लाख ३१ हजार ३ सय ७० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणकाे लागि माग गरिएकाे भन्दा ३८.४२ गुणा धेरै आवेदन हो । 

मागभन्दा धेरै आवेदन परेकाे हुनाले संस्थाकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ७९ हजार ४ सय ५० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी २५ लाख ५५ हजार १ सय ७६ जनाको भने हात खाली हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको