सरकारले स्थानिय तहको निर्वाचनको मिति आगामी वैशाख ३० गतेको लागि तोक्दा समेत आम लगानीकर्ताहरुको अपेक्षा विपरित अहिले सेयर बजारले ओरालो यात्रा तय गरेको छ । निर्वाचनको मिति घोषणा गरेपछिका दुई कारोबार दिनमै नेप्से ओरालो लागेको हो ।
अहिले देशमा तरलता संकट छ अधिकांश बैंक तथा वित्तिय संस्थाहरु कर्जा लगानी गर्न नसक्ने अवस्थामा छन् यस्तो अजस्थामा निर्वाचन घोषणा हुँदा सरकारको पूँजीगत खर्च बढ्ने र विभिन्न ठाँउमा थन्किएर रहेको पूँजी बैंकिङ प्रणालीमा आउने हुँदा निर्वाचनलाई तरलता संकट समाधानको सञ्जिबनी बुटीका रुपमा कतिपय लगानीकर्ताहरु अर्थ्याएका छन् ।
निर्वाचन आयोगले समेत स्थानिय तहको निर्वाचन सम्पन्न गर्नका लागि सरकारसँग करिब १२ अर्ब रुपैयाँ बजेट माग गरेको छ । यसरी विभिन्न माध्यामबाट बैकिङ प्रणालीमा पैसा आउने र त्यसैले अहिलेको तरलता समाधान हुनसक्ने लगानीकर्ताहरुको विश्वास छ ।
हामिले हाम्रो यो साप्ताहिक कार्यक्रममा बजारका वर्तमान विषयवस्तुहरुको बारेमा गहिरो चिरफार गरेका छौँ भने अरुण भ्याली हाइड्रोपावर कम्पनीको प्राविधिक चिरफार समेत गरेका छाैँ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस