Like us!
Follow us!
Connect us!
Watch us!

डिजिटल भुक्तानीमा अन्तरआवद्धता बढ्दो, फोनपे नेटवर्कमा प्रभुपे आवद्ध

अर्थ संसार

विहीबार, २७ माघ २०७८, ११ : ४१ मा प्रकाशित

डिजिटल भुक्तानीमा अन्तरआवद्धता बढ्दो, फोनपे नेटवर्कमा प्रभुपे आवद्ध

पछिल्ला दिनमा नेपालमा डिजिटल कारोबारमा काम गरिरहेका संस्थाहरुबीच अन्तरआवद्धता कायम गर्ने क्रम बढिरहेको छ । यसैक्रममा नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड र प्रभु टेक्नोलोजीबाट सञ्चालित प्रभुपेबीच सहकार्य भएको छ ।

यस सहकार्यसँगै अब प्रभुपे फोनपे नेटवर्कमा आवद्ध भएको छ । अबदेखि प्रभुपेका ग्राहकले  फोनपेको क्यूआर मार्फत सहजै रकम भुक्तानी गर्न सक्नेछन् । यस किसिमको  सहकार्य नेपालको डिजिटल कारोबारमा ठुलो उपलब्धी हुने अपेक्षा गरिएको छ । 

कार्यक्रममा फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भने, “हामी पहिलादेखि नै अन्तरआवद्धताका लागि जोड दिँदै आइरहेका थियौँ । पछिल्ला दिनमा नियामक निकाय राष्ट्र बैंकले पनि एक आपसमा अन्तरआवद्धताका लागि निर्देशन गरिरहेको छ । हामी सबै कम्पनीको लडाईँ भनेको नगद कारोबारसँग हो । प्रभुपेसँगको सहकार्यले क्यासलेस अर्थतन्त्र निर्माण गर्ने हाम्रो समान उद्देश्यमा थप मद्दत पुग्नेछ । हामी अन्य भुक्तानी सेवा प्रदायकलाई पनि हम्रो नेटवर्कमा जोडिन आह्वान गर्दछौँ“। 

यस्तै प्रभुपेका प्रमुख कार्यकारी अधिकृत बिकी शाहीले भने, “फोनपेसँगकाे यस सहकार्यका लागि सबैलाई धन्यवाद छ । हामी डिजिटल कारोबारका लागि धेरै किसिमका सहकार्य गरेर अगाडी बढ्नुपर्छ ।”

डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अगाडी स्थापना भएको फोनपेमा हाल ५ लाख ७० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । बैंंक तथा वित्तीय संस्था एवं भुृक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाईल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन् । दुईवर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् । फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसी आइडि एसएस भि थ्रि.टु.वान (PCIDSSv3.2.1) प्राप्त संस्था हो । 

प्रभुसमुह अन्तर्गत रहेको प्रभुपेले पछिल्ला दिनमा डिजिटल कारोबारलाई अगाडी बढाइरहेको छ । हाल यस कम्पनीका ७ लाख भन्दा धेरै ग्राहक रहेका छन् । प्रभुपे मार्फत मोबाइल र टिभी रिचार्ज, हवाइ टिकट, मुभी टिकट लगायतका सेवाका साथै थुप्रै सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदान प्रदान गर्न सकिन्छ ।

 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको