Like us!
Follow us!
Connect us!
Watch us!

गाँजालाई औषधिजन्य प्रयोग गर्न दिइने

पत्रपत्रिका

शुक्रबार, २८ माघ २०७८, ०७ : ०१ मा प्रकाशित

गाँजालाई औषधिजन्य प्रयोग गर्न दिइने

गाँजालाई  औषधिका रूपमा  प्रयोग गर्न कानुनी मान्यता दिने गृहकार्य सुरु भएको छ । औषधिजन्य प्रयोजनका लागि गाँजाको उत्पादन, प्रशोधन तथा कारोबार भने पूर्ण रूपमा नियन्त्रित र हने गरी कानुनी मान्यता दिन गृहकार्य सुरु भएको हो ।

हाल नेपालमा गाँजालाई लागूऔषधका रूपमा राखी उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाइएको छ । लागूऔषध नियन्त्रण ऐन २०३३ मा गाँजालाई लागूऔषध उल्लेख गरी उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाइएको हो । तथापि औषधिको प्रयोजनका लागि अनुसन्धान गर्ने अनुमति उक्त ऐनमै रहे पनि कार्यविधि नबन्दा सो प्रावधान लागू हुन  सकेको छैन  ।

गाँजालाई औषधिको  प्रयोजनका लागि प्रयोग गर्न कार्यविधि बनाएर स्वीकृति  दिने उल्लेख  गरेको   थियो । मन्त्रालयले   कार्यविधि  तयार गरी औषधिजन्य  प्रयोगको  बाटो  खोले  पनि प्रतिबन्ध नै  फुकुवा गर्न भने ऐन संशो धन वा नयाँ तर्जुमा गर्नुपर्ने  हुन्छ । त्यसको  निर्माणको प्रक्रियासमेत अघि  बढाउने  तयारी सरकारले  गरेको  छ  ।

(यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको