Like us!
Follow us!
Connect us!
Watch us!

२७.५३ प्रतिशतले घट्याे शिवम् सिमेन्ट्सको नाफा, कस्ता छन् अन्य सूचक ?

अर्थ संसार

शुक्रबार, २८ माघ २०७८, ०७ : २७ मा प्रकाशित

२७.५३ प्रतिशतले घट्याे शिवम् सिमेन्ट्सको नाफा, कस्ता छन् अन्य सूचक ?

शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ काे दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार दाेश्राे त्रैमाससम्म आइपुग्दा कम्पनीले ४२ करोड ७३ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २७.५३ प्रतिशतले थाेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ५८ करोड ९६ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ८.१६ प्रतिशत बढेर ४ अर्ब ६० कराेड ३१ लाख २४ हजार रूपैयाँ पुगेकाे छ । यस अवधिसम्ममा कम्पनीको कुल खर्च भने १४.५४ प्रतिशतले बढेको छ । साेही कारण नाफा प्रभावित बन्न पुगेकाे हाे ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ र जगेडा कोषमा ४ अर्ब ५५ कराेड ८० लाख रूपैयाँ रहेको छ । दोस्रो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १९ रुपैयाँ ४२ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०३ रुपैयाँ ५९ पैसा पुगेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको