Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्ट्सको वित्तीय चिरफार : नाफा ५६.२१ प्रतिशतले घट्यो, ईपीएस ६ रुपैयाँ ८७ पैसा

अर्थ संसार

मंगलबार, ३० साउन २०८०, १० : ३१ मा प्रकाशित

शिवम् सिमेन्ट्सको वित्तीय चिरफार : नाफा ५६.२१ प्रतिशतले घट्यो, ईपीएस ६ रुपैयाँ ८७ पैसा

शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० काे चाैथाे त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

नाफा

उक्त विवरण अनुसार चाैथाे त्रैमाससम्म आइपुग्दा कम्पनीले ३० करोड २४ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ५६.२१ प्रतिशतले थाेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ६९ करोड ७ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

सञ्चालन आम्दानी

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १६.२८ प्रतिशतले घटेर ७ अर्ब ७५ करोड रुपैयाँमा झरेकाे छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ९ अर्ब २६ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेकाे थियाे ।

चुक्ता पूँजी

कम्पनीको चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेकाे छ ।

जगेडा काेष

कम्पनीकाे जगेडा कोषमा ३ अर्ब ७१ करोड रूपैयाँ रहेको छ ।

प्रतिसेयर आम्दानी (ईपीएस)

चाैथाे त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८७ पैसा रहेको छ ।

प्रतिसेयर नेटवर्थ

कम्पनीको प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ २३ पैसा पुगेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको