Like us!
Follow us!
Connect us!
Watch us!

शिवम सिमेन्टले बोनस र नगद लाभांश मिश्रणमा लाभांश दिने

अर्थ संसार

सोमबार, ०१ पुस २०८१, ११ : ३९ मा प्रकाशित

शिवम सिमेन्टले बोनस र नगद लाभांश मिश्रणमा लाभांश दिने

शिवम सिमेन्टले आर्थिक वर्ष २०८०/८१ का लागि ९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। मंसिर २७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई बोनस सेयर र नगद लाभांशको मिश्रणमा यो लाभांश प्रस्ताव गरेको हो।

कम्पनीले कुल ८.५५ प्रतिशत (४२ करोड ९८ लाख ८ हजार ५०० रुपैयाँ) बराबरको बोनस सेयर वितरण गर्नेछ भने कर प्रयोजनका लागि ०.४५ प्रतिशत (२ करोड २६ लाख २१ हजार ५०० रुपैयाँ) नगद लाभांशको व्यवस्था गरेको छ।

लाभांश स्वीकृतिका लागि शिवम सिमेन्टले आगामी पुस २९ गते वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहको सिटी हलमा बिहान ९ बजेबाट सुरु हुनेछ।

कम्पनीले साधारण सभा र लाभांश वितरणका लागि पुस १७ गते बुक क्लोज गर्ने घोषणा गरेको छ। यसका आधारमा, पुस १६ गतेसम्म नाम दर्ता गराएका सेयरधनीहरूले मात्र लाभांश पाउन र साधारण सभामा सहभागी हुन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको