Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट इन्स्योरेन्सको नाफा घट्यो, अरू के-के भयो ?

अर्थ संसार

शुक्रबार, २८ माघ २०७८, ०७ : ५५ मा प्रकाशित

एभरेष्ट इन्स्योरेन्सको नाफा घट्यो, अरू के-के भयो ?

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको २०७८/०७९ को दाेश्राे त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा १९.२० प्रतिशतले घटेर ६ कराेड १४ हजार रुपैयाँमा सिमित भएकाे छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ४२ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

पुष मसान्तसम्म कम्पनीको बीमा शुल्क भने ४३.०१ प्रतिशतले बढेर २७ करोड ७४ लाख ६७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीकाे बीमा शुल्क १९ करोड ४० लाख २६ हजार रुपैयाँ रहेको थियो ।

हाल कम्पनीकाे चुक्ता पुँजी १ अर्ब १८ करोड ३६ लाख रुपैयाँ र जगेडा कोषमा ४१ करोड ३३ लाख ८४ हजार रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको बीमा कोषमा २५.५१ प्रतिशतले बढेर ४५ करोड ६७ लाख ८ हजार रुपैयाँ पुगेको छ ।

त्यसैगरी, कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १० रुपैयाँ १४ पैसा र कम्पनीकाे प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ५१ पैसा रहेको छ ।

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

6205c62165f09.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको