Like us!
Follow us!
Connect us!
Watch us!

३९.०३ प्रतिशतले घट्यो नेशनल लाइफको नाफा, प्रतिसेयर आम्दानी कति छ ?

अर्थ संसार

शुक्रबार, २८ माघ २०७८, १४ : १२ मा प्रकाशित

३९.०३ प्रतिशतले घट्यो नेशनल लाइफको नाफा, प्रतिसेयर आम्दानी कति छ ?

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको २०७८/०७९ को दाेश्राे त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा ३९.०३ प्रतिशतले घटेर १४ करोड ४१ लाख ८६ हजार रुपैयाँमा सिमित भएकाे छ । गत वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ६५ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

पुष मसान्तसम्म कम्पनीको बीमा शुल्क भने २४.०२ प्रतिशतले बढेर ६ अर्ब ७९ करोड ७७ लाख ९२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीकाे बीमा शुल्क ५ अर्ब ४८ करोड १३ लाख २१ हजार रुपैयाँ रहेको थियो ।

हाल कम्पनीकाे चुक्ता पुँजी ३ अर्ब ३९ करोड ८ लाख रुपैयाँ र जगेडा कोषमा एक अर्ब १ करोड २२ लाख ६६ हजार रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको जीवन बिमा कोषको आकार २४.०२ प्रतिशतले बढेर ४७ अर्ब २१ करोड १२ लाख रुपैयाँ पुगेको छ ।

त्यसैगरी, कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ८ रुपैयाँ ५ पैसा र कम्पनीकाे प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ०६ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको