Like us!
Follow us!
Connect us!
Watch us!

३०.०५ प्रतिशतले बढ्याे अपि पावरकाे विद्युत बिक्री आम्दानी, कस्ता छन् अन्य सूचक ?

अर्थ संसार

शनिबार, २९ माघ २०७८, १८ : ४० मा प्रकाशित

३०.०५ प्रतिशतले बढ्याे अपि पावरकाे विद्युत बिक्री आम्दानी, कस्ता छन् अन्य सूचक ?

अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ काे दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार दाेश्राे त्रैमाससम्म आइपुग्दा कम्पनीले १४ करोड ३० लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ०.११ प्रतिशतले थाेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १४ करोड ३२ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यसैगरी, दाेश्राे त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर ३१ करोड ४६ लाख ८६ हजार रूपैयाँ आम्दानी गरेको छ । उक्त रकम अघिल्लाे वर्षकाे तुलनामा ३०.०५ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर २४ करोड १९ लाख ६७ हजार रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले अन्य श्राेतबाट २९ लाख ७२ हजार रूपैयाँ आम्दानी गरेकाे छ ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी २ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ र जगेडा कोषमा २३ करोड २३ लाख ९ हजार रूपैयाँ रहेको छ । दोस्रो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १० रूपैयाँ ३७ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ४२ पैसा पुगेको छ । 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारको छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको