Like us!
Follow us!
Connect us!
Watch us!

बाढीले बगायो हाइड्रोपावर आयोजना, लार्खौको क्षति

विहीबार, २२ असार २०७४, १८ : ४७ मा प्रकाशित

बाढीले बगायो हाइड्रोपावर आयोजना, लार्खौको क्षति

अर्थ संसार,  काठमाडौँ–  लमजुङ र कास्कीको सिमानामा बग्ने रुदी खोलामा आएको बाढीले निर्माणाधीन दुईवटा जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ ।
 
बाढीले ८.८ मेगावाट क्षमताको रुदीखोला–ए र ६.६ मेगावाटको रुदीखोला–‘वि’ जलविद्युत् आयोजनामा क्षति पुर्याएको हो । बाढीले दुवै आयोजनाको संरचना भत्काउँदा रु ३० करोडभन्दा बढीको क्षति भएको आयोजनाका कामु प्रबन्धक सरोज भट्टराईले जानकारी दिनुभयो ।
 
 बाढीले रुदी–ए को बाँधस्थलको संरचना भत्काएको छ । रुदी–ए को बाँध पुरिएको छ । एकहजार मिटर हेडरेस पेनस्टक पाइपमा क्षति पुगेको आयोजनाले जनाएको छ । आयोजनास्थल पुग्ने सडक अवरुद्ध भएकाले तत्काल निर्माण ठप्प भएको छ ।
 
रुदी–ए को विद्युत्गृह बालुवादेखि रुदी–वि को बाँधस्थल सिङ्दीसम्मको करिब १५ किलोमिटर सडक पहिरोका कारण अवरुद्ध भएको छ । आयोजनाका अनुसार रुदी–ए को ८० प्रतिशत तथा रुदी–वि को ३० प्रतिशत काम सम्पन्न भएको छ ।
 
सन् २०१६ मार्चबाट निर्माण सुरु भए पनि भूकम्प, नाकाबन्दी र बाढी पहिरोका कारण ढिलाइ भएको हो । सन् २०१७ सेप्टेम्बरसम्ममा विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ ।
 
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट प्रालि प्रवद्र्धक रहेको सो आयोजना निर्माणका लागि सिभिलतर्फ हाई हिमालय हाइड्रो कन्सट्रक्सन प्रालि, हाइड्रोमेकानिकलमा नर्थ हाइड्रो एन्ड इन्जिनियरिङ र इलेक्ट्रोनिकमा टिपिएस इन्डिया प्रालिले काम गरिरहेका छन् ।
 
उपभोक्ताद्वारा विद्युत् महशुल बहिष्कार
 
 विद्युत् अनियमितता बढेपछि उत्तरी लमजुङका उपभोक्ताले विद्युत् महशुल बहिष्कार गरेका छन् । मस्र्याङ्दी गाउँपालिकाका उपभोक्ताले विद्युत् अनियमितता भएको भन्दै विद्युत् महशुल नतिर्ने बताएका छन् ।
 
उपभोक्ताले विद्युत् महशुल सङ्कलन गर्न आएका लमजुङ विद्युत् उपभोक्ता संस्थाका कर्मचारीलाई महशुल नबुझाई फिर्ता पठाएका छन् । विद्युत् अनियमितताबारे उपभोक्ता संस्थामा धेरैपटक कुरा राख्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर यस्तो निर्णय गर्नु परेको मस्र्याङ्दी गाउँपालिका–२ का वडाध्यक्ष चेतबहादुर गुरुङले भन्नुभयो ।

माथिल्लो मस्र्याङ्दी–ए आयोजनाबाट ५० मेगावाट, सिउरीखोलाबाट पाँच, खुदीखोलाबाट चार, राँधीखोलाबाट ४.४ तथा स्याँगेखोलाबाट एक मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको