Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकी डलरको १२१ रुपैयाँ २८ पैसा (विदेशी मुद्राको विनिमय दर)

अर्थ संसार

मंगलबार, ०३ फागुन २०७८, १० : २८ मा प्रकाशित

अमेरिकी डलरको  १२१ रुपैयाँ २८ पैसा (विदेशी मुद्राको विनिमय दर)

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ६८ पैसा र बिक्री दर १२१ रुपैयाँ २८ पैसा कायम गरेको छ । 

युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ  ४५ पैसा र बिक्री दर १३७ रुपैयाँ १३ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६३ रुपैयाँ १० पैसा र बिक्री दर १६३ रुपैयाँ ९१ पैसा छ ।

स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ५३ पैसा र बिक्री दर १३१ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ६३ पैसा र बिक्री दर ८६ रुपैयाँ छ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ९५ पैसा एक पैसा छ । 

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४९  पैसा र बिक्री दर १० रुपैयाँ ५४  पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९८  पैसा र बिक्री दर १९ रुपैयाँ ३ पैसा रहेको सात राष्ट्र बैंकले जनाएको छ । 

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ १७ पैसा र बिक्री दर ३२ रुपैयाँ ३२ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ १४ पैसा र बिक्री दर ३३ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८० पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९४ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर १० रुपैयाँ आठ र बिक्री दर १० रुपैयाँ १३ पैसा कायम छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको