स्वाडल नेपालले उचस्तरका गुणस्तरीय सामानहरुको आयात गरौँ भन्ने मूलमन्त्र सहित ग्राहकहरुलाई अनलाईन मार्फत सेवा प्रदान गर्दै आएको छ । विशेष गरी भर्खर जन्मिएकादेखि पाँच वर्ष मुनीका बालबालिकाको लागि लक्षित सम्पूर्ण आवश्यक सामग्रीहरु उपलब्ध गराउँदै आएको छ ।
बजारमा सही मूल्यमा बालबालिकाका सामानहरु विरलै पाईने गरेका छन् तर बजारमा गुणस्तरीय सामानको अभाव देखेर नै त्यसको परिपूर्ति गर्ने उद्देश्य लिएर स्वाडल नेपालको स्थापना गरिएको हो । अहिले कम्पनीले आयात गर्ने भर्खर जन्मिएका बच्चाहरुको लागि स्वाडल, Romper, Sweater, मोजा, जुत्ता लगायतका अन्य सामग्रीहरु ग्राहकको विशेष रोजाईमा परेका छन् ।
परिणाम स्वरुप कम्पनी स्थापना भएको करिव डेढ वर्ष नपुग्दै दुइ हजार भन्दा बढी Satisfied Customer बनाउन सफल भएको छ । सामानहरु अनलाईन मार्फत अडर लिइ ग्राहकहरुको घर दैलोमा समयमै पुर्याउने व्यवस्था गरिएको छ । साथै ग्राहकहरुको सन्तुष्टिका लागि Size, Color तथा अन्य कुनै समस्या भएको खण्डमा गुनासो सुन्ने तथा समानहरु साट्ने सुविधा समेत उपलब्ध गराउँदै आएको छ ।
स्वाडल नेपालले निकट भविष्यमा बालबालिकाहरुको अत्यावश्यक सामाग्रीका लागि One Stop Platform बन्ने विश्वास गरिएको छ । त्यस्तै यो कम्पनीले एउटा dedicated ग्राहक सेवा केन्द्र राख्दै ecommerce बनाउने योजना पनि बनाएको छ । ग्राहकहरुको रोजाई अनुसारका यस कम्पनीका उत्पादनहरु नेपालमै तयार गरि सुपथ मूल्यमा गुणस्तरीय उत्पादन दिने यस्को योजना रहेको कुरा समेत यहाँहरुलाई सहर्ष जानकारी गराउन चाहन्छौँ ।”
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस