Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ ल्याउन लागेको नेष्डो समृद्ध लघुवित्तकाे कस्ताे छ वित्तीय अवस्था ?

अर्थ संसार

विहीबार, ०५ फागुन २०७८, ०७ : ४६ मा प्रकाशित

आईपीओ ल्याउन लागेको नेष्डो समृद्ध लघुवित्तकाे कस्ताे छ वित्तीय अवस्था ?

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाकाे नाफा १० करोड ७३ लाख ८६ हजार रुपैयाँमा सीमित भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १८.८७ प्रतिशतले थाेरै हाे । गत वर्षको यसै अवधिमा संस्थाले १३ करोड २३ लाख ७१ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाकाे खुद व्याज आम्दानी पनि १९.०९ प्रतिशतले घटेर १८ करोड ७५ लाख ७८ हजार रूपैयाँमा सिमित छ । गत वर्षको यसै अवधिमा संस्थाकाे खुद व्याज आम्दानी २३ करोड १८ लाख ४४ हजार रूपैयाँ रहेकाे थियाे ।

दाेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा १८.८७ प्रतिशतले घटेर १७ करोड ४ लाख ५३ हजार रूपैयाँमा सिमित छ । गत वर्ष संस्थाले २१ करोड १ लाख १२ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी १७ करोड २१ लाख २५ रुपैयाँ र जगेडा कोषमा ५४ करोड ३ लाख ८१ हजार रुपैयाँ सञ्चित रहेको छ । 

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएकाे छ ।संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गर्न लागेकाे हाे । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ७ लाख ७४ हजार ५ सय ३६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटाेमा फागुन १५ गतेदेखि ढीलाेमा फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

संस्थाले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

620dae9689e8c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको