Like us!
Follow us!
Connect us!
Watch us!

रिस्क लिन नचाहानेलाई बैंकमा लगानी गर्नु नै उत्तम : निर्मला श्रेष्ठ

लगानीकर्ताको आवाज

शनिबार, ०७ फागुन २०७८, १२ : ०७ मा प्रकाशित

सन् २०१६ बाट सेयर बजारमा प्राथमिक बजारबाट लगानीको सुरुवात गरेकी निर्मला श्रेष्ठ हाल नेपाल पूँजीबजार लगानीकर्ता सङ्घ कैलाली जिल्ला अध्यक्ष हुन्। सेयरबजार अर्थोपार्जनको राम्रो माध्यम र अवसर देखेर उनी सन् १०१९ बाट सक्रियरुपमा दोश्रो बजारमा लगानी गर्दै आएकी छिन्। 

लगानी गर्दा रिस्क र रिटर्न बराबर हुने हुँदा रिस्कलाई कसरी रेटर्नमा परिवर्तन गर्ने भन्ने आफूमा निहित हुन्छ र त्यसलाई रेटर्नमा परिणत गर्न सीप ज्ञान र धैर्यता हुनुपर्ने उनी बताउँछिन् । सेयरबजारमा लगानी गरेर डुब्यो भन्ने कुरा धेरै चर्चामा आउने हुँदा उक्त कुराबाट हतोत्साहित नहुन सल्लाह दिन्छिन्। कुनैपनि लगानीमा रिस्क र रिटर्न बराबर रहन्छ अन्य क्षेत्रमा लगानी गरेर डुबेका पनि थुप्रै उदाहरण छन् तर सेयर बजारमा भएका घटनाले प्राथमिकता पाउने हुँदा यी कुरा चर्चामा रहने उनको विचार छ । सेयर बजार संवेदनशील क्षेत्र रहेको हुँदा मानवीय संवेदना लाई पनि लगानी गर्ने व्यक्तिले अध्यान गर्नुपर्ने उनको विचार छ र बजारका दुवै सकारात्मक र नकारात्मक घटनालाई राम्रोसँग अध्यान गर्नुपर्ने उनी जोड दिन्छिन्। 

 लगानी गर्दा धेरैजना कति दीर्घकालीन लगानी गर्ने र कति ट्रेडिङ गर्नेमा अलमलमा रहन्छ उनी भने यसको लागि आफ्नै रणनिती बनाएकी छिन्। उनी ८०/२० को सिद्धान्तको आधारमा लगानी गर्छिन् ८०% दीर्घकालीन लगानी भने २०% ट्रेडिङ । उनले अपनाएका अन्य रणनिती मध्य यो रणनिती अपनाउँदा नाफा कमाउने र कारणबस कुमाउने अवस्था आएमा थोरै मात्रै गुमाएको अनुभव बताउँछिन्। 

लगानी गर्दा धैर्यता र आफूले निर्णय लिनसक्ने क्षमता हुनुपर्ने उनी बताउँछिन् । हरेक सेयरको आफ्नै समय आउने हुँदा किनिसकेपछि बजारलाई म्यानिपुलेट गर्न बजारमा आउने नकारात्मक खबर आएमा आतिनुभन्दा पनि धैर्यताका साथ निर्णय लिन सुझाव दिन्छिन्। 

नयाँ लगानीकर्ताको दृष्टिकोण बाट हेर्दा लगानी गर्दा रिस्क नलिने सोचमा हुनुहुन्छ भने बैंकिङ्ग र फाइनान्स उत्तम विकल्प रहने उनी बताउँछिन् । बनोस् राइट सेयर जारी हुने हुँदा बजार घटेर पैसा गुमाउने अवस्था आएतापनि पैसा रिकभर हुन्छ र लाभांश खाने वा पूँजीगत लाभ (सेयर नाफामा बेचेर लिने लाभ) मा उनी लाभांश खाने लाभमा जान सल्लाह दिन्छिन् र लगानी गर्दा ऋणमा लगानी गर्नुभन्दा पनि आफूसँग जति छ त्यति पैसामात्र लगानी गर्न सुझाव दिन्छिन् र कारणबस बजार तिब्र घटेता पनि दोहोरो चाप पर्दैन जसले सुरक्षित लगानीको प्रत्याभूति मिल्छ। 

उनी महिला गृहणी हरुलाई सेयरबजारमा लगानी गर्न सुझाव दिन्छिन्। ट्रेडिङ आवर (११-३) मा गृहणी हरुलाई कामको चाप कम हुने हुँदा उक्त समयलाई सदुपयोग गरी अर्थोपार्जन गर्न सकिने सुझाव दिन्छिन् । लगानी गर्न एकैपटक धेरै पैसा छैन भनेपनि फजुल खर्चलाई कम गरेर तथा थोरै थोरै पैसा जम्मा गरेर प्राथमिक सेयर खरिद गरी लगानी सुरु गर्न सल्लाह दिन्छिन् र फुर्सदको समयमा ज्ञान लिएर दोश्रो बजारमा लगानी गर्न अनुरोध गर्छिन् । सुरुवाती दिनमा केही अफ्ट्यारो भएता पनि सेयरबजारमा लगानी गर्नलाई सहज भएको उनको विचार छ।

ब्रोकेरहरु उपत्यकामा मात्र सीमित हुने र उपत्यका बाहिर ब्रोकर सेवा प्रयाप्त नहुने हुँदा ब्रोकरको मोनोपोली छ जसले लगानीकर्तालाई लगानी गर्न असहज हुँदै आएको उनी बताउँछिन्। सीमित ब्रोकर भएको कारण नराम्रो कुराको आवाज उठाउँदा उक्त ब्रोकेरेले अर्कोपटक कारोबार गर्दा टार्गेट गरेर सेवा सुविधा  कटौती गर्नेपो होकी भन्ने प्रश्नले धेरैले आवाज नउठाउने हुँदा नियामक निकायले यस बारे चासो राख्नुपर्ने बताउँछिन् र उपत्यका बाहिर ब्रोकर खोल्ने प्रक्रिया सुरु गर्नुपर्दछ। 

नयाँ लगानीकर्ताहरु हल्लाको भरमा लगानी गर्ने कुरा आएको हुँदा प्रायः लगानीकर्ताले घाटा बेहोर्नुपर्ने हुँदा हल्लाको पछि लाग्नुभन्दा पनि अध्यान गर्न सल्लाह दिन्छिन्। 

उनीसँग गरिएकाे कुराकानी भिडियाेमा :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको