Like us!
Follow us!
Connect us!
Watch us!

एमसीसीबारे सहमति जुटाउन सत्ता गठबन्धन बैठक बालुवाटारमा सुरु

अर्थ संसार

आइतबार, ०८ फागुन २०७८, १० : ५२ मा प्रकाशित

एमसीसीबारे सहमति जुटाउन सत्ता गठबन्धन बैठक बालुवाटारमा सुरु

सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सहमति जुटाउन पाँचदलीय बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई उपस्थित छन् ।

एमसीसी संसदबाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा आजको बैठकले निर्णय गर्नेछ । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बोलाइएको छ । बैठकमा एमसीसी पेस गर्ने कार्यसूची नभए पनि गठबन्धन बैठक र कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्ने नेताहरूको भनाइ छ।

प्रधानमन्त्री देउवा आजै एमसीसी संसदमा टेबुल गर्ने मनस्थितिमा छन् । तर, माओवादी केन्द्र र एकीकृत समाजवादीले मानिरहेका छैनन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको