Like us!
Follow us!
Connect us!
Watch us!

‘सेयर बजार नगदे बाली हो, मलजल गरे सधैँ टिप्न पाइन्छ’

लगानीकर्ताको आवाज

आइतबार, ०८ फागुन २०७८, १५ : ०९ मा प्रकाशित

अध्ययनको क्रममा वित्तीय शिक्षा र पत्रपत्रिकामा सेयर बजारका स्तम्भबाट प्रभावित यशोदा कार्की विगत १० वर्षदेखि नेपालको सेयर बजारमा सक्रिय रूपमा  लगानी गर्दै आएकी छिन् । बिना अध्ययन र सहज लगानीबाट धेरै आम्दानी गर्न सकिने क्षेत्र भनी सेयर बजारलाई परिभाषित गरिँदा सेयर बजार अस्थिर बनेको उनको तर्क छ । 

अनुभव नहुँदासम्म प्राथमिक सेयरमा लगानी गर्न उनको सुझाव छ । यदी दोश्रो बजारमा लगानी गर्ने विचार छ भने पर्याप्त सीप र मनोवैज्ञानिक स्थिरतालाई बुझेर मात्र प्रवेश गर्नुपर्ने उनको तर्क छ । यसरी गरिने लगानीले बजारमा आउने सानोतिनो प्रभावलाई सजिलै व्यवस्थापन गर्न सकिन्छ । उनी थप्छिन्, "प्राथमिक बजारमा महिला लगानीकर्ताहरुको संख्या सक्रिय रूपमा देखिएता पनि दोश्रो बजारमा भने महिला लगानीकर्ताहरुको संख्या कम रहेको छ, जसको कारण समाज पितृसत्तात्मक रहेको हुँदा महिलाहरुसँग पर्याप्त पूँजी नहुने र पूँजी बिना लगानी गर्न अफ्ट्यारो हुने उनको विचार छ ।"

थोरै रकमबाट लगानी गर्दा बजार घट्दा बेच्नुपर्ने अवस्था सृजना हुने हुँदा महिलाहरुले लगानीमा सक्रिय रूपमा सहभागिता देखाएका छैनन्। सेयरबजार स्वचालित बजार हो र कसैको व्यक्तिगत स्वार्थको आधारमा सेयरमूल्य घटबढ हुँदैन तर केही व्यक्तिले वा समूहले मनोवैज्ञानिक असर गर्न यस्ता किसिमका कुराहरू गर्ने उनको विचार छ तर वित्तीय योजना र अध्ययन सहितको लगानी गर्दा कारणबस बजार घटेतापनि आत्तिएर बेच्नुनपर्ने अवस्था हुँदैन । 

कोभिडका कारण अन्य क्षेत्रमा लगानी गर्ने अवसरबाट वञ्चित रहेका कारण सेयरबजारमा चाप बढेर सेयर मूल्यमा सकारात्मक प्रभाव देखिएको थियो तर अहिले बिस्तारै अन्य क्षेत्रमा लगानीका अवसर खुलेका कारण केही नकारात्मक प्रभाव देखिएको उनको विचार छ साथै बजारमा देखिने सामान्य करेक्सन लाई देखाएर बजार घट्यो सकियो जस्ता शब्द प्रयोग गरेर प्रचारबाजी गर्न नहुने उनको तर्क छ । 

धैर्यता, पोर्टफोलियो व्यवस्थापन र बजारको संवेदनशीलतालाई बुझ्न सक्ने हो भने सेयर बजारबाट राम्रो आम्दानी गर्न सकिने र सेयर बजारलाई मात्रै नियमित आम्दानीको श्रोत भने बनाउन नहुने उनको विचार छ । सेयरबजारमा मात्र भर परेर अन्य क्षेत्रमा लगानी नगर्ने हो भने सेयर बजार निरन्तर घटिरहदा आर्थिक रूपमा भने भार नपर्ने हुँदा घाटामा सेयर बेच्नु पर्दैन जसले दीर्घकालीन लगानीमा पनि सहज हुन्छ । 

सरकार तथा सरोकारवाला निकायले सेयरबजार लाई प्राथमिकताका साथ नहेरेता पनि सरोकारवाला हरुले सेयर बजारलाई प्रभाव हुने किसिमका विचार व्यक्त गर्न नहुने उनको विचार छ । लगानीकर्ताहरु बजारमा आउने अरूका कुरा सुनेर भन्दापनि अध्ययन र आफूले गरेको लगानी प्रति विश्वस्त भएर लगानी गर्न सुझाव दिन्छिन् । अन्य देशको सेयर बजारसँग दाँजेर बजार बढेन भन्नु नकारात्मकता फैलाउनु मात्रै रहेको र नेपालको अर्थतन्त्रको आधारमा सेयर बजारकाे स्थिती राम्रो रहेको उनी बताउँछिन् ।

कार्कीसंग गरिएको भिडियो कुराकानीः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको