Like us!
Follow us!
Connect us!
Watch us!

टी-२० विश्वकप छनोट : नेपाल सेमिफाइनल पुग्ने समीकरण यस्तो

अर्थ संसार

सोमबार, ०९ फागुन २०७८, ०८ : ०३ मा प्रकाशित

टी-२० विश्वकप छनोट : नेपाल सेमिफाइनल पुग्ने समीकरण यस्तो

आईसीसी पुरुष टी-२० विश्वकप छनोट ‘ए’ को सेमिफाइनल समीकरण रोमाञ्चक बनेको छ । दुई समूहका टोलीबीच दुई दुई खेल हुँदा प्रतियोगिताको सेमिफाइनल समीकरण थप रोमाञ्चक भएको हो । 

ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी प्रतियोगिताको फाइनल पुग्ने दुई टोली ग्लोबल छनोटमा स्थान बनाउने छन् । त्यसअघि सहभागी टोली शीर्षस्थानमा रहँदै सेमिफाइनल पुग्न संघर्ष गरिरहेका छन् । 

समूहको अन्तिम खेलमा जर्मनीले आयरल्यान्डको सामना गर्दैछ भने बहराइनले संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्दैछ । यता, क्यानडा र नेपाल भिड्दा ओमानले फिलिपिन्सको चुनौती पछ्याउनेछ । समूह ए को खेलमा यूएई सँगै बहराइन र आयरल्यान्ड सेमिफाइनल नजिक छन् । लगातार दुई खेलमा पराजित जर्मनी भने प्रतियागिताबाट बाहिरिएको छ । 

यता, नेपाल रहेको समूह ‘बी’ मा नेपालसहित क्यानडा र आयोजक ओमानको उत्तिकै सम्भावना रहेको छ । नेपालको उच्च सम्भावना रहँदा फिलिपिन्स भने लगातार दोस्रो हारपछि प्रतियोगिताबाट बाहिरिएको छ । समूहमा नेपाल दुई खेलबाट सतप्रतिशत जितसहित चार अंक बनाएर शीर्षस्थानमा छ । क्यानडा र ओमानको समान दुई अंक छ । रेट रनरेटका आधारमा समेत नेपाल बलियो स्थितिमा छ । 

अब अन्तिम खेलमा नेपालले क्यानडाको सामना गर्दैछ । आज  (सोमबार) पौने ४ बजे सुरुहुने खेलमा नेपाल विजय भए अपराजित रहँदै विजेताको रूपमा सेमिफाइनल प्रवेश गर्नेछ । यदि नेपाल पराजित भए पनि रनरेटमा बलियो स्थितिमा छ । यस्तो अवस्थानमा झिनो अन्तरले पराजित भए पनि नेपालल सेमिफाइनलमा पुग्न सक्छ ।  

अर्काे खेलमा ओमान र  फिलिपिन्स भिड्दैछन् । यस खेलमा समेत फिलिपिन्स विजयी भए नेपाल स्वतः सेमिफाइनलमा पुग्नेछ । यदि यो खेलमा ओमान विजयी भए र नेपाल पराजित भए यस्तो अवस्थामा रनरेट हेरिनेछ । रनरेटमा बलियो हुने दुई टोलीले सेमिफाइनल ढोका खेल्नेछन् । हार नेपालको रेटरनरेट ४ दशमलब ३७५ छ । क्यानडाको २ दशमलब ५१२ रहँदा ओमानको माइनस शून्य दशमलब ५६३ छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको