Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दै, डिम्याट खोल्नेको संख्या ५० लाख नजिक

अर्थ संसार

सोमबार, ०९ फागुन २०७८, १४ : ३१ मा प्रकाशित

सेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दै, डिम्याट खोल्नेको संख्या ५० लाख नजिक

पछिल्लाे समय सेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दै गइरहेकाे छ । नयाँ लगानीकर्ता थपिने क्रम दिनानुदिन बढ्दै गइरहेकाे छ । आईपीओबाट लगानीकर्ताहरूले राम्रो आम्दानी हुने देखेपछि सेयर बजाप्रति सर्वसाधारणको क्रेज बढेको छ । आजकाल रेष्टुरेन्ट र चिया पसलदेखि स्कुल कलेजका कक्षा कोठासम्म सेयर बजारको चर्चा हुने गरेको देखिन्छ । 

कम मेहेनत गरी राम्राे मुनाफा हासिल गर्न सकिने लगानीकाे उपयुक्त ठाउँ सेयर बजारलाई मानिन्छ । सरकार तथा कम्पनीहरुले आफूलाई आवश्क पुँजी संकलनका लागि जारी गर्ने वित्तीय औजार नै सेयर हो ।  आईपीओ, हकप्रद, ऋणपत्र, बन्ड, सामूहिक लगानी कोष आदि सेयरका उदारणहरु हुन् । सेयरलाई धितोपत्र पनि भन्न सकिन्छ । कुनै पनि कम्पनीको सेयर हुनु भनेको त्यो कम्पनीमा आफ्नो स्वामित्व हुनु हो ।

सेयर बजारमा प्रवेश गर्न लगानीकर्ताहरूलाई आवश्यक पर्ने मुख्य कुरा नै डिम्याट खाता हो । नेपालमा डिम्याट खाता खाेल्ने व्यक्तिहरूकाे कुरा गर्नुपर्दा हालसम्म नेपालमा डिम्याट खाता खाेल्नेकाे संख्या ४९ लाख ७२ हजार ९ सय २ पुगेकाे छ । जसमध्ये, ४० लाख ८२ हजार ६ सय १५ जना आवद्ध छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको