Like us!
Follow us!
Connect us!
Watch us!

चारा घाेटालामा पूर्वमुख्यमन्त्री लालु यादवलाई ५ वर्ष कैद र ९६ लाख जरिवाना

अर्थ संसार

सोमबार, ०९ फागुन २०७८, १५ : ३२ मा प्रकाशित

चारा घाेटालामा पूर्वमुख्यमन्त्री लालु यादवलाई ५ वर्ष कैद र ९६ लाख जरिवाना

चारा घाेटाला मुद्दामा भारतीय राज्य बिहारका पूर्वमुख्यमन्त्री एवं राष्ट्रिय जनता दलका प्रमुख लालु प्रसाद यादवलाई ५ वर्ष कैद र ९६ लाख जरिवाना गरिने फैसला भएकाे छ ।

झारखण्डसँग जोडिएको चारा र पशुपालन घोटालाको अन्तिम मुद्दामा १५ फेब्रुअरीमा अदालतले यादवलाई दोषी ठहर गरेको थियो। 

डोरन्डा कोषागारको चारा घोटाला बहुचर्चित प्रकरण हो । घोटालामा लालू यादवलाई मुख्य षड्यन्त्रकारीको आरोप लगाइएको थियो । यही आरोपलाई अदालतले स्वीकारेको छ ।

सन् २०१७ मा चारा र पशुपालन घोटालाका अन्य मुद्दामा दोषी ठहर भएका यादवले ८ महिना जेलमा बिताएका छन् भने ३१ महिना अस्पतालमा बसेका छन् । अहिले उनी जमानतमा रिहा भएका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको