Like us!
Follow us!
Connect us!
Watch us!

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन

अर्थ संसार

सोमबार, ०४ साउन २०८३, १५ : ५२ मा प्रकाशित

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन

सरकारले सार्वजनिक बिदाको पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक कार्यदल गठन गर्ने निर्णय गरेको छ। मुख्य सचिवमा गोविन्दबहादुर कार्की बढुवा भएपछि सोमबार सिंहदरबारमा बसेको पहिलो सचिवस्तरीय बैठकले यस्तो निर्णय गरेको हो।

शनिबार र आइतबार दुई दिने बिदा प्रणाली सुरु भएपछि बिदाहरूको पुनरावलोकन आवश्यक देखिएकाले यो कदम चालिएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिहरू रहने यस कार्यदललाई १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्न समयसीमा दिइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको