Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा दाेहाेराे अंककाे वृद्धि, के बजार लयमा फर्किएकाे हाे ?

नेप्से

मंगलबार, १० फागुन २०७८, १५ : ०६ मा प्रकाशित

नेप्सेमा दाेहाेराे अंककाे वृद्धि, के बजार लयमा फर्किएकाे हाे ?

आज (मंगलबार) पनि सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । बजारले बटम लगाइसकेकाे विश्लेषकहरू बताउँछन् ।

प्राविधिक विश्लेषक सन्दिप चौधरीले साेमबारकै काराेबारपछि बजारले बटम लगाइसकेको कन्फरमेसन दिएको बताएका छन् । २२६० को विन्दुबाट बढ्न थालेको बजार २९८३ को विन्दुमा पुगेर घट्दै गर्दा राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामार्फत सेयर धितो कर्जामा थप कडाई गर्ने संकेत गरेसँगै आइतबार सुरुवाती घन्टामा बजार उच्च अंकले घट्दै २६७० को विन्दुसम्म आएको थियो । 'जहिले पनि नराम्रो समाचार आइसकेपछि बजारले बटम लगाउने गर्दछ । यो करेक्टिभ र्यालीमा बजार धेरै नै घटे २२६० को बिन्दुबाट बढ्दै बजार २९८३ को बिन्दुसम्म पुगेर खस्दै गर्दा ५०५ को रिट्रेश गर्दै २६२० को बिन्दुसम्म झर्ने मेरो विश्लेषण थियो । फिबोनासी ३८.२५ को लेभलको बिन्दु २७०५ मा पर्न आउँछ। बजार ३८.२५ र ५०५ को बिचको बिन्दु २६७० लाई सपोर्ट लिएर बढेको छ। आज नेप्सेले फ़िबोनासी ३८।२५ को बिन्दु २७०५ भन्दा माथि क्लोजिङ्ग दिनुले बजारले २६७० कै बिन्दुमा बटम लगाइसकेको जस्तो देखिएको छ ।' उनले भने।  'बजारले बटम लगाइसकेको अर्को महत्वपूर्ण आधारको रुपमा यसअघि बजार २७५० भन्दा माथि लाग्दै गर्दा इचिमोकु क्लाउड भन्दा माथितिर क्यान्डलहरु बन्न थालेको थियो ।  २९८३ को बिन्दुबाट बजार खसेर तल झर्दै गर्दा इचिमोकु क्लाउडको महत्वपूर्ण लाइनलाई सपोर्ट बनाएर बजार बढ्न थालेको छ।  यसले पनि नेप्सेले बटम लगाइसेको र आगामी दिनमा बजार बढेर माथितिरै जानसक्ने आधार बनाएको कुरा स्पष्ट पारेको छ ।' चौधरीले थप स्पष्ट पारेका छन् ।

'नेप्सेले बटम लगाइसक्यो, अब बजार बढ्ने नै हो'  

त्यसैगरी, प्राविधिक विश्लेषक अजय सिंह थापाले शुक्रबार अर्थ संसारसँगको कुराकानीमा नेप्सेमा बटम लाग्दै गरेकाे बताएका थिए । उनले भनका थिए, "१८ जेनेवरीदेखि १७ फेब्रुअरीसम्म एक महिनाकाे लामाे करेक्सन भइसकेकाे छ । अब करेक्सनकाे लगभग अन्तिम-अन्तिम विन्दुमा आइसकेकाे छ । अब हामीले आगामी हप्तामा के हेर्न सक्छाैँ भने १ दिन अथवा २ दिन मार्केट घटेर जान सक्ने सम्भावना देखिन्छ । आइतबार अलि धेरै घट्ने हाे भने मार्केट साेमबारदेखि नै बाउन्स हुन सक्याे । आइतबार अलि थाेरै घट्याे भने साेमबार मंगलबारदेखि चैँ मार्केट बुलिस जाने देखिन्छ । अब करेक्सनकाे एकदमै बटममा आइसकेकाे छ । करेक्सनकाे अन्तिम क्षणहरूमा छ । अब एकुमुलेट गर्नुपर्ने समय छ ।" यस साताबाट मार्केट बुलिसमा जाने र र्यापिड ग्राेथ आउने आफ्नाे अनुमान रहेकाे उनी बताउँछन् । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १७.४२ अंकले बढेर २७३५.९३ विन्दुमा पुगेकाे छ । नेप्से ०.६४ प्रतिशतले बढेकाे हो । सेन्सेटिभ परिसूचक पनि ४.३६ अंकले बढेर ५२३.१५ विन्दुमा झरेको छ । 

कूल २२८ वटा कम्पनीकाे ६० लाख ८१ हजार ६ सय २ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब २१ करोड २८ लाख ८७ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज उत्पादन तथा प्रशाेधन र लगानी समूहबाहेक बाँकी सबै उपसमूहकाे सेयर बढेको छ ।

मंगलबार पनि नेपाल टेलिकमकाे नै सर्वाधिक काराेबार भएकाे छ । टेलिकमकाे २१ कराेड ४९ लाख ६७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज मैलुङ खाेला जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर ६ सय ८२ रुपैयाँ पुगेको छ ।

आज एभरेष्ट इन्स्याेरेन्स कम्पनीकाे संस्थापक सेयरकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे संस्थापक सेयरकाे मूल्य २.६९ प्रतिशतले घटेर ४ सय ७० रूपैयाँमा झरेकाे छ ।

याे पनि :

प्राविधिक विश्लेषक अजय सिंह थापासँग गरिएको कुराकानीको भिडियो हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको